रामेछापमा जीप दुर्घटनामा परि ५ जनाको मृत्यु
काठमाडौं । काठमाडौंबाट रामेछाप जाँदै गरेको जिप दुर्घटना हुँदा ५ जनाको् मृत्यु भएको छ । रामेछापको बेतालीतर्फ जाँदै गरेको ना १ ज ७१२३ नम्बरको जिप सडकबाट तीन सय मिटर तल खसेको थियो ।

दुर्घटनामा मृत्यु हुनेमा गोकुलगंगा गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष रामचन्द्र बस्नेत समेत परेका छन । अन्य मृतकहरुमा मन्थलीका जीप चालक हिराबहादुर कार्की, गोकुलगंगा ५ की कविता कार्की र उनकी सात बर्षिया छोरी स्वस्तिका खड्का र अर्का एक जना मृतकको पहिचान खुलिनसकेको प्रहरीले जनाएको छ ।
उक्त गाडीमा ८ जना सवार थिए । त्यसमध्ये अन्य तीनजना घाइते भएको र उनीहरूको थप उपचारका लागि काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेहरूमा कास्कीको लेखनाथ नगरपालिका घर भएका ४२ वर्षीय केशव शर्मा र रामेछापको गोकुलगंगा–४ बेतालीकी २७ वर्षीया सरस्वती कार्की रहेका छन् । भने अर्का एकजना घाइते बालकको पनि पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
