Close

Recent Posts

प्रसाईलाई फसाउन ओलीको निर्देशनमा नक्कली दोषी खडा गर्दै प्रहरी

प्रसाईलाई फसाउन ओलीको निर्देशनमा नक्कली दोषी खडा गर्दै प्रहरी
  • १५ मंसिर २०८१, शनिबार ०९:०५

काठमाडौं–नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फसाउन प्रहरीले मिथ्या आरोप लगाउन थालेको छ । हाल प्रसाई प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले मंसिर ४ गते भक्तपुरबाट पक्राउ गरेको थियो । अहिले उनलाई फसाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रधानमन्त्री केपी ओलीमा निर्देशनममा लागि परेको छ ।

mulpatra

प्रसाईंमाथि व्यवसायीलाई धम्की दिएर असुली गर्न खोजेको आरोपमा औपचारिक अनुसन्धान सुरु गरिएको विआईवीका प्रमुख एआईजी दिपक थापाले बताए । तर प्रमाण के छन् त भन्दा उनले अहिले अनुसन्धान भइरहेको मात्र जानकारी दिए । अहिले प्रहरीले प्रसाईलाई फसाउन उनीसँग नजोडिएको व्यक्ति सिर्जना गरिरहेको छ । त्यो पनि प्रधानमन्त्री ओलीको निर्देशनमा भनेर प्रहरी स्रोत नै बताउँछन् । स्रोतका अनुसार प्रसाईलाई पक्रिनुपर्ने त्यस्तो कारण केही छैन । तर केपी ओलीको व्यक्तिगत इगोका कारण अहिले प्रसाईमा हिरासतमा बस्नुपरेको स्रोतका दाबी छ ।

प्रसाईंको निर्देशन अनुसार व्यवसायी र पेशाकर्मीलाई धम्की दिएको आरोपमा पक्राउ परेका झापा चारआलीका ३६ वर्षीय नविन प्रधान भनिने हरिचन्द्र फुयाँलजस्तै अरु पनि नक्कली व्यक्ति खडा गरेर प्रहरीले प्रसाईमाथि नभएको अभियोग लगाउन लागि गरेको छ । फुयाँलको प्रारम्भिक बयानपछि प्रहरीले दुर्गा प्रसाईंविरुद्ध पनि आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान थालेको बताइरहेको छ । प्रसाईनिकट महाअभियानका अनुसार फुयाँलसँग प्रहरीले भनेजस्तो गतिविधि छैन । प्रहरीले फुयाँललाई यातना दिएर झुटो बयान दिन बाध्य बनाएका छन् ।

mulpatra mulpatra mulpatra

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रहरीले भनेजस्तो प्रसाईले कुनै व्यवसायी र व्यापारीलाई धम्क्याएको नपाएइपनि उनीमाथि यही मुद्दा लगाउन बालुवाटारबाट निर्देशन आएको सिआइवीका एक अनुसन्धान अधिकृतले जानकारी दिए । प्रहरीले फुयाँलजस्तो अरु पनि प्रसाईविरुद्ध प्रयोग गर्न व्यक्ति परिचालन गर्ने तयारीमा छ । यसका लागि साआईवी प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको ती प्रहरीको भनाइ छ ।

हाल प्रसाईं सर्वोच्च अदालतको आदेशपछि ललितपुरस्थित हरिसिद्धी क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् । प्रसाईले सामाजिक सञ्जालमार्फत ‘प्रमाण’ भन्दै सार्वजनिक गरेको विवरण झुठो भएको खुलेपछि प्रहरीले नियन्त्रणमा लिएर विद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान भइरहेको छ ।