जुट्यो बिआरआईमा सहमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको सम्मुखमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) का विषयमा प्रमुख सत्ता साझेदार दल एमाले र नेपाली कांग्रेस बिच सहमती भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
आज बालुवाटारमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुबीच छलफल भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र दुई दलको संयन्त्रमा रहेका नेताहरु बीच छलफल हुँदा सहमतिमा बिआरआई अघि बढाउने सहमति भएको समेत बताइएको छ ।
बैठकमा दुवै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित पूर्णबहादुर खड्का, विष्णु पौडेल, गगन थापा, विष्णु रिमाल, रमेश लेखक लगायत सहभागी थिए ।
बैठकमा सहभागी ती नेताका अनुसार बीआरआईमा सहमति खोज्न बनेको कार्यदललाई ओली र देउवाले धन्यवाद दिएका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्। त्यसअघि सत्तासाझेदार दुई दलबीच बिआरआईबारे छलफल भएको हो।