रिभेरा इन्टरनेशल एकेडेमीले गर्यो विद्यार्थीहरुलाई अभिनन्दन
काठमाडौं । चावहिल मैजुबहालमा स्थित रिभेरा इन्टरनेशल एकेडेमीले एसइइ (SEE) पास भएका विद्यार्थीहरुलाई अभिनन्दन गरेको छ । एसइइ (SEE) मा समावेश ५४ जना विद्यार्थीहरु सबै उत्कृष्ट अंक ल्याई पास भएका थिए । उनै विद्यार्थीहरुलाई अभिभावक सहितको उपस्थितिमा शनिवार विद्यालयको प्राङ्गणमा भव्य कार्यक्रम बिच अभिनन्दन कार्यक्रम सम्पन्न गरेको हो ।


अभिनन्द कार्यक्रम विद्यालय सन्चालक समिति अध्यक्ष नरेन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा समाजसेवी तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश श्रेष्ठ रहनुभएको थियो । विद्यालयका प्रिन्सीपल प्रज्वल कोइराला र व्यवस्थापन समिति सदस्य प्रकाश ढुंगेलको आतिथ्यमा भएको कार्यक्रमको सन्चालन राम निरौलाले गर्नुभएको थियो ।

अभिनन्द कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रिन्सीपल प्रज्वल कोइरालाले रिभेरा इन्टरनेशनल एकेडेमीले शैक्षिक विकासको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्दै विद्यार्थीहरुको उज्जवल भविष्यको कामना गर्नुभएको थियो । उहाँले रिभेरा इन्टरनेशनल एकेडेमीमा प्राप्त गरेको ज्ञानलाई सदुपयोग गरि अघि बढ्ने कुरामा समेत जोड दिनुभयो
![]() |
![]() |
![]() |
|---|

कार्यक्रमको अध्यक्षता गर्दै अध्यक्ष नरेन्द्र भट्टराईले सम्पूर्ण अभिभावकहरुलाई समेत धन्यवाद दिँदै विद्यार्थीहरुको भविष्य उज्जवल बनोस भन्ने कामना लिएको बताउनु भयो ।



