प्रधानमन्त्री ओली चीन प्रस्थान

प्रधानमन्त्री ओली चीन प्रस्थान
  • १७ मंसिर २०८१, सोमबार ११:३०

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चार दिने भ्रमणको क्रममा ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल हिमालय एयरलाइन्सको विशेष चार्टर उडानमार्फत् बेइजिङ लागेका हुन् ।

mulpatra

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मीहरूलगायत छन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसैगरी चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।

mulpatra mulpatra mulpatra

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्नेकार्यक्रम तय भएको छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

भ्रमणको क्रममा महत्वपूर्ण आयोजना साथै समझदारीमा सम्झौता हुनेछ । प्रधानमन्त्री २० गते स्वदेश फर्कने छन् ।