Close

Recent Posts

अन्तर्राष्ट्रिय इजरायल कार्यसमितिमा खतिवडा निर्वाचित

अन्तर्राष्ट्रिय इजरायल कार्यसमितिमा खतिवडा निर्वाचित
  • १७ मंसिर २०८१, सोमबार १३:१६

काठमाडौँ– सहृदयता अन्तर्राष्ट्रिय इजरायल कार्यसमितिमा अनिश खतिवडा निर्वाचित भएका छन्। उनको नेतृत्वमा ९ पदाधिकारी र दश सदस्यीय नयाँ कार्यसमिति बनेको छ।

mulpatra

विज्ञानको बुद्धि, प्रविधिको प्रगति, धर्मको विवेक र सहृदयताको सम्बन्धलाई आत्मसात् गरेर गठन भएको सहृदयता अन्तर्राष्ट्रिय इजरायल (ईस) सन् २०१८ देखि इजरायलमा सक्रिय छ।

सामाजिक काम गर्नु यसको मुख्य उद्देश्य भएको अध्यक्ष खतिवडाले बताए। खतिवडाले इजरायलमा अन्यायमा परेका, पीडा भोगेका, श्रमशोषणमा परेका नेपालीको हितमा काम गर्न आफू प्रतिबद्ध भएको बताए।

mulpatra mulpatra mulpatra