प्रधानमन्त्रीकै निर्देशनमा प्रसाईलाई फसाउन लरेन्ससँग नाम जोडेर बदनाम गर्न खोजिदै
काठमाडौं– भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका हरिचन्द्र फुँयालविरुद्ध आपराधिक विश्वासघातको कसुरमा अनुसन्धान भइरहेको छ । तर उनीसँग कतैबाट सम्र्पक नभएका नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईको सम्र्पक भएको जबरजस्ती आरोप लगाइदै छ ।

प्रसाईं र फुयाँलबीचको फोन सम्पर्क कुराकानी भएपनि धक्याएकै भनेर प्रमाणहरू भेटिएका छैनन् । अब किन के उदेश्यले फोन सम्पर्क भए भन्ने विषयहरू अनुसन्धानकै भइरहेको छ । उहाँहरुबीच कुुराकानी भएपनि अन्य त्यस्तो गतिविधि केही नभेटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एक अनुसन्धान अधिकृतले जानकारी दिए ।
तर पछिल्लो समयमा ठुला मिडियाले भने प्रसाईले भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर धम्क्याएको भन्दै समाचार लेखेका छन् । तर यस विषयमा सत्यता नभएको सीआईवी प्रहरीका एक प्रहरीले बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
ती कर्मचारीका अनुसार प्रसाईसँग फोनमा कुराकानी भएको हो । तर अरुको नाम लिएर धम्क्याएको केही आधार र प्रमाण छैन ।
सीआईबीका एसपी तथा प्रवक्ता होविन्द्र बोगटीले पनि उनीहरूबीच फोन सम्पर्क भएको पाइयो । तर व्यवसायीलाई धम्क्याएकै भनेर प्रमाण फेला परेको छैन । अनुसन्धान भइरहेका कारण सिआईवीले अहिलेसम्म त्यस्तो विषयमा नबताएको उनको भनाइ छ ।
प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेको थियो । उनीमाथि अहिले साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान भइरहेको छ । उनकै निर्देशनमा धम्की दिएको झुटो मुद्दामा साइबर ब्युरोले काम सकिएपछि सीआईबी लगेर प्रसाईंमाथि अनुसन्धान अघि बढाउने तयारी सीआईबीको छ । सीआईवीलाई ओलीले यस मुद्दामा फसाउन निर्देशन दिएको प्रहरीहरु नै बताउँछन् ।
Image Source: © https://mulpatra.com
प्रसाई र हरिचन्द्र फुँयालबीच त्यस्तो चिनजान र उनीहरुबीच भेटघाट समेत भएको छैन । महाअभियानका क्रममा जो कोहीले फोन गर्न सक्ने र सामान्य आर्थिक सहयोग माग्ने गरेको प्रसाईको सचिवालयले जनाएको छ ।



