Close

Recent Posts

भारतले आफुविरुद्ध प्रसाईलाई प्रयोग गरेको भन्दै जतिसक्दो धेरै मुद्दा लगाउन ओलीको सिआईवीलाई निर्देशन

भारतले आफुविरुद्ध प्रसाईलाई प्रयोग गरेको भन्दै जतिसक्दो धेरै मुद्दा लगाउन ओलीको सिआईवीलाई निर्देशन
  • १८ मंसिर २०८१, मंगलवार १७:३१

काठमाडौं–नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई फसाउन प्रहरीले मिथ्या आरोप जुटाउन लागि परेको छ ।

mulpatra

हाल प्रसाई प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले मंसिर ४ गते भक्तपुरबाट पक्राउ गरेको थियो । अहिले उनलाई फसाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रधानमन्त्री केपी ओलीमा निर्देशनममा लागि परेको छ ।

अहिले प्रहरीले प्रसाईंमाथि व्यवसायीहरुलाई धम्क्याएर चन्दा मागेको आरोपमा पनि अनुसन्धान गरिरहेको छ । तर प्रसाईले कुनै व्यवसायीलाई धम्क्याएर पैसा मागेको प्रहरीले प्रमाण भने फेला नपरेको सीआईबीले जनाएको छ ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री ओली प्रसाईलाई भारतले आफुविरुद्ध प्रयोग गरेको भन्दै जति सक्दो धेरै मुद्दा लगाउन सिआईवी प्रहरीलाई निर्देशन दिएर चीन भ्रमणमा गएको प्रहरी स्रोतले जनाएको छ । ओलीले गहृमन्त्रालय र प्रहरी मुुुुुुुुुुुख्यालयलाई वेवास्ता गदै प्रसाईविरुद्ध मुद्दा चलाउन सिआईवी प्रयोग गरेका छन् ।

ओलीले प्रहरी, कांग्रेस र एमालेका नेताहरुसँग भएको भेटमा प्रसाईलाई भारतले आफुविरुद्ध प्रयोग गरेको भन्दै उनलाई नछाड्ने धम्कीपुर्ण भाषा प्रयोग गरिरहेका छन् । सिआईवी प्रहरीले समेत प्रसाईलाई केही महिना हिरासतमा राख्न धेरै मुद्दा लगाउने तयारी गरिरहेको प्रहरी स्रोत नै बताउँछन् ।

प्रसाईंले सोमबार प्रधानमन्त्री ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।

Image Source: © https://mulpatra.com

सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको भन्दै प्रहरीले अनुसन्धान समेत बढाइरहेको छ ।

प्रसाईंका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको दाबीसहित गत सर्वोच्च अदालतमा आइतबार निवेदन दर्ता गरेका छन् ।