Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

माटोको उर्वरा शक्ति बढाउँदै कागेश्वरी मनोहरा नगरपालिका

माटोको उर्वरा शक्ति बढाउँदै कागेश्वरी मनोहरा नगरपालिका
  • १८ मंसिर २०८१, मंगलवार २२:०२

काठमाडौं । अग्र्यानिक खेतीलाई प्रोत्साहन गर्दै माटोलाई उर्बर बनाइरहन कागेश्वरी मनोहरा नगरपालिकाले निशुल्क माटो परिक्षण गर्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै निशुल्क माटो परिक्षण गर्ने र अम्लियपन देखिएका माटोहरुमा हाल्ने गरि ७५ प्रतिशत अनुदानमा कृषि चुन समेत वितरण गर्ने योजना सार्वजनिक गरेको हो ।

mulpatra


नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीका अनुसार ‘नगरपालिकाका कृषि योग्य जमिनमा प्राय सब्जीखेति गरिने भएकोले माटो सुधारको खाँचो रहेको छ । त्यसका लागि पहिलो चरणमा निशुल्क माटो परिक्षण गर्ने र आवश्यक स्थानहरुमा माटोको अवस्थामा सुधार ल्याउन ७५ प्रतिशत अनुदानमा किसानलाई कृषि चुन वितरण गरिने साथै विस्तारै नगरलाई अग्र्यानीक उत्पादनमा प्रोत्साहन गर्दै लैजाने’ समेत नगरप्रमुख कार्कीले बताउनु भयो ।


सामान्यतया माटोमा पिएचको मात्रा ६.५ देखि ७.५ सम्मलाई उत्पादनका लागि उपयुक्त मानिन्छ । रासायनिक मल तथा विषादीको बढ्दो प्रयोग एवं बाली चक्र नअपनाउनेजस्ता कारणले माटोमा अम्लीयपना घटबढ भएर उर्वरा शक्तिमा ह्रास आउने गरेको छ । विशेषगरी तरकारी खेती गरिने खेतबारीमा अम्लीयपना बढी देखिने भएकाले पहिलो चरणमा माटो सुधार कार्यक्रम अन्र्तगत सो कार्यक्रम लागु गरिएको प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले बताउनु भएको छ ।

mulpatra mulpatra mulpatra