Close

Recent Posts

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

बालेनको निर्देशन भन्दै म्यानपावरमाथि विभागकै कर्मचारीको आतंक, व्यवसायी त्रासले कार्यालय बस्न छाडे

गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै विद्यार्थी संगठनको मार्च पास

गरिबको चमेली बोल्दिने कोही छैन’ भन्दै विद्यार्थी संगठनको मार्च पास
  • १ जेष्ठ २०८३, शुक्रबार १५:५८

काठमाडौं–विद्यार्थी दिवसको अवसर पारेर संयुक्त विद्यार्थी संगठनले ‘प्रतिबन्धविरुद्ध प्रतिरोध गरौँ’ भन्ने नारासहित शुक्रबार काठमाडौंमा मार्चपास गरेको छ ।

mulpatra

त्रिचन्द्र क्याम्पसदेखि आरआर क्याम्पससम्म आयोजित मार्चपासमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालयको स्वायत्तता, अभिव्यक्ति स्वतन्त्रता तथा विद्यार्थी अधिकारको पक्षमा आवाज उठाएका थिए ।

प्रदर्शनका क्रममा उनीहरूले ‘इनफ इज इनफ’, ‘गरिबको चमेली बोल्दिने कोही छैन’, ‘विश्वविद्यालयको स्वायत्तता सुनिश्चित गर’ र ‘प्रधानमन्त्री नशा, देश दशामा’ लगायतका नारासहित प्लाकार्ड प्रदर्शन गरेका थिए ।

mulpatra mulpatra mulpatra

विद्यार्थी संगठनहरूले विश्वविद्यालयभित्र विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको तयारीप्रति असन्तुष्टि जनाउँदै त्यसको विरोधमा ¥याली आयोजना गरिएको बताएका छन् । उनीहरूले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने कुनै पनि कदम स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

विद्यार्थी दिवसको सन्दर्भमा आयोजित उक्त प्रदर्शनलाई विद्यार्थी अधिकार, स्वतन्त्र विद्यार्थी राजनीति र शैक्षिक संस्थाको स्वायत्तताको पक्षमा गरिएको सांकेतिक प्रतिरोधका रूपमा हेरिएको छ ।