कुलमान नभएको बेला प्राधिकरणमा मन्त्री खड्का बस्न थाले
काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणमै आफ्नो कार्यकक्ष बनाएका छन् । विद्युत प्राधिकरणको अध्यक्ष मन्त्री हुने भए पनि पहिलो पटक कार्यकक्ष बनाई आफैँ बस्न थालेका हुन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ माथिल्लो तामाकोशीको पुनर्निर्माण स्थलमा पुगेको समयमा मन्त्रीले आफ्नो कार्यकक्ष स्थापना गरी प्राधिकरणमै बस्न थालेका छन् । प्राधिकरणको नेतृत्वप्रति सरकारले नकारात्मक प्रतिक्रिया दिइरहँदा मन्त्रीको कार्यकक्षले कुलमानलाई थप दबाब राख्ने खोजेको प्राधिकरणका अधिकारी बताउँछन् ।
डेडिकेटेड र ट्रंकलाइनको विषयमा कुलमान घिसिङ र प्रधानमन्त्री, ऊर्जा मन्त्रीबीच टसल परेको थियो । मन्त्रिपरिषद्ले १५ दिनभित्र विद्युत बक्यौता उठाउन निर्णय गरे पनि व्यवसायीले तिरेनन्। त्यसयता लाइन नकाट्न विद्युत नियमन आयोगले निर्देशन दिएको छ ।
![]() |
![]() |
![]() |
|---|
हाल प्राधिकरणले काटेको बिल टीडीएअनुसार भए नभएको अध्ययन गर्न मन्त्रालयले समिति बनाएको छ ।



