त्रिवि मैदानमा रन वर्षा, लुम्बिनीमाथि विराटनगरको रोमाञ्चक जित
काठमाडौं– विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको हो । विराटनगरले लगातार दुई हारपछि पहिलो जित निकाल्दा लुम्बिनी पहिलो खेलमै पराजित भयो ।

लुम्बिनीले दिएको १९२ रनको लक्ष्य विराटनगरले १ बल बाँकी छँदा ८ विकेट गुमाएर पूरा ग¥यो । अन्तिम ओभरमा विराटनगरलाई जितका लागि १६ रन आवश्यक थियो । क्रिजमा सन्दीप लामिछाने र दिपक बोहरा थिए ।
विवेकले पहिलो बलमा सन्दीपलाई दुई वाइड फालेपछि आउट गरे । त्यसपछि उनले दोस्रो बलमा क्रिस सोललाई डट फाले । तर त्यसपछि भने सोलले लगातार तीन बाउण्ड्री हान्दै खेल जिताए । सोलले तेस्रो बलमा छक्का तथा चौथो र पाँचौ बलमा लगातार चौका हाने ।
![]() |
![]() |
![]() |
|---|



