चीनबाट फर्किनेबित्तिकै ओलीले प्रहरीलाई प्रसाईंविरुद्ध अर्को पक्राउ पुर्जी गर्न बाध्य बनाए
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध आपराधिक लाभ सम्बन्धी कसुरमा अदालतबाट पक्राउ पुर्जी जारी गर्ने तयारीमा प्रहरी छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईवीले जिल्ला अदालत काठमाडौँबाट उनीविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी लिने तयारी गरेको हो ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयलले दुर्गा प्रसाईंलाई भ्वाइस रेकर्ड पठाउने गरेको भेटिएको छ । यस विषयमा अनुुसन्धान गर्नुपर्ने हो । त्यही भएर अहिले पक्राउ पुर्जी लिने तयारी हो । अन्य विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
![]() |
![]() |
![]() |
|---|
भारतबाट ह्वाट्स एप मार्फत धम्की दिएपछि सो कुराकानीको अडियो रेकर्ड उनले मेडिकल व्यवसायी प्रसाईंलाई पठाउने गरेका रहेछन् । यस विषयमा हामीले अध्ययन गर्ने हो ।
एसपी बोगटीले जे–जस्तो भने पनि चीन भ्रमणबाट फर्किएलगत्तै प्रधानमन्त्री केपी ओली प्रसाईलाई अर्को पक्राउ पुर्जी जारी किन नगरेको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सँग जानकारी लिएका थिए । त्यसपछि सीआईवी प्रहरीले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी तयारी अवस्थामा रहेको जानकारी गराएको थियो ।
प्रधानमन्त्री चीन भ्रमणबाट फर्किनेबित्तिकै प्रसाईलाई अर्को पक्राउ पुर्जी जारी गरेको भन्दै प्रहरीलाई सोध्नु मात्र होइन । अलिक धम्कीपुर्ण तरिकाले सोधेको सीआईवी प्रहरीका एक अधिकृतले जानकारी दिए ।
Image Source: © https://mulpatra.com
केन्द्रीय अनुसन्धान ब्युरोले प्रसाईलाई मंसिर ४ मा पक्राउ गरेको थियो । उनको बयानको आधारमा प्रसाईं पनि आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धानमा तान्न लागेको हो । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानलाई सहयोग नगरे ‘सिध्याउँछु’ भनेर सञ्चारमाध्यम समाचार आएपनि यसमा प्रसाईको हात नरहेको अनुुसन्धानमा खटिएका प्रहरीले बताउँदै आएका छन् ।
झापाको चारआली घर भएका फुयललाई प्रहरीले भारतको आसामबाट पक्राउ गरेर काठमाडौँमा ल्याएर अनुसन्धान गरिरहेको छ । फुयलले भारतीय टेलिकम कम्पनी एयरटेलको दुई वटा सिम लिएर नेपालका व्यवसायीहरूलाई धम्की दिने गरेको प्रहरीले जनाएको छ ।



