प्रधानमन्त्रीले प्रसाईमाथि झुटो मुद्दा लगाउँदा, ओलीमाथि प्रश्न र अप्ठयारोमा पर्दै
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि झुटो मुद्दाको प्रतिशोध साँधेका छन् । यसको राजनीतिक नोक्सानी ओलीलाई देखा पर्न थालेको छ ।

प्रधानमन्त्री केपी ओलीले आफुविरुद्ध लागेको आरोपको खण्डन गर्न सकेनन् । उनले त्यसको साटो प्रसाईमाथि राजनीतिक प्रतिशोध साँधेको प्रष्ट देखिन्छ ।
ओलीले प्रसाईमाति झुटो मुद्दामा कुनै व्यक्तिबाट प्रतिशोध लिएको हुँदा उनले आफ्नो राजनीतिक स्थिति र इमेजमा नोक्सानी भोग्नुपर्ने प्रष्ट देखिन्छ । कुनै आधारहीन वा गलत आरोपको मुद्दामा प्रसाईलाई मुद्दा लगाउँदा अहिले ओलीमाथि नै प्रश्न उठ्न थालेको छ । अहिले यस विषयमा सामाजिक सञ्जालमा ओलीको विरोध भइरहेको छ ।
राजनीतिक प्रतिशोध राजनीतिक विरोधीलाई कमजोर पार्ने उद्देश्यले झुटो मुद्दा उठाएका हुनसक्छन्, जसले पछि उनी आफैंलाई फाइदा गर्न सत्तामा टिकिरहन समस्या हुन्छ । अहिले ओलीको प्रसाईमा हिरासतमा राखेको विषयमा प्रश्न समेत उठिरहेको छ । प्रसाईलाई पक्रिएका कारण उपनिर्वाचनमा एमाले नराम्रो हार ब्येहोर्नुपरेको थियो । अहिले पनि यही विषयमा चर्चा समेत भइरहेको छ ।
![]() |
![]() |
![]() |
|---|
आलोचना र नोक्सानी ओलीकै भइरहेको छ । अहिले उनको इमेज र प्रभावमा नकारात्मक असर पार्न थालेको छ र उनलाई जनताको बीचमा नकारात्मक रुपमा प्रस्तुत गरेको गरिन थालेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का एसपी होविन्द्र बोगटीले केन्द्रीय अनुसन्धान ब्युरो सीआईवीले जिल्ला अदालत काठमाडौँबाट प्रसाईविरुद्ध आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ पुर्जी लिने तयारी गरेको हो ।
भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई धम्क्याउने हरिचन्द्र फुयलले दुर्गा प्रसाईंलाई भ्वाइस रेकर्ड पठाउने गरेको भेटिएको छ । यस विषयमा अनुुसन्धान गर्नुपर्ने हो । त्यही भएर अहिले पक्राउ पुर्जी लिने तयारी हो । अन्य विषयमा अनुसन्धान भइरहेको उनको भनाइ छ ।
Image Source: © https://mulpatra.com
तर भारतीय गुन्डाका नाइके लरेन्सको नाम लिएर धम्क्याउने व्यक्ति प्रसाईसँग नजोडिएका कारण सीआइवी प्रहरी पनि अहिले मुद्दा चलाउन दुविधामा छ । तर प्रधानमन्त्री भने जसरी हुन्छ प्रसाईलाई कानुनी समस्यामा पार्ने गरी अघि बढेका छन् ।



