Close

Recent Posts

विद्रोहीको कब्जामा सिरिया, राष्ट्रपति बसर अल असदको शासन अन्त्य

विद्रोहीको कब्जामा सिरिया, राष्ट्रपति बसर अल असदको शासन अन्त्य
  • २३ मंसिर २०८१, आईतवार १५:१४

काठमाडौं । सिरियाको राजधानी दमास्कस कब्जा गरेपछि हयात तहरिर अल–शाम (एचटीएएस) नेतृत्वको विद्रोही समूहले सरकारी टेलिभिजन च्यानल र रेडियोमा सन्देश जारी गरेको छ ।

mulpatra

उसले जारी गरेको सन्देशमा भनिएको छ, ‘हामीले राष्ट्रपति बसर अल–असदको शासन अन्त्य गरिसकेका छौँ।’ विद्रोही समूहले जेलबाट राजनीतिक बन्दी मुक्त गर्ने कुरा पनि गरेको छ। उसले राष्ट्रपति बसर अल–असदले देश छाडेको दाबी पनि गरेको छ।

यसैबीच सिरियाका प्रधानमन्त्री मोहम्मद गाजी अल जलालीले सामाजिक सञ्जालमा जारी गरेको सन्देशमा भनेका छन्, ‘सिरिया आफ्ना छिमेकी र विश्वका अन्य देशसँग राम्रो सम्बन्ध राख्ने सामान्य देश बन्न सक्छ।

mulpatra mulpatra mulpatra

शनिबार सिरियाको तेस्रो ठूलो सहर होम्स कब्जा गरेपछि विद्रोहीले आइतबार सिरियाको राजधानी दमास्कस कब्जा गरेको र असद सरकारलाई हटाएको दाबी गरेका छन्।