Close

Recent Posts

मेक्सिको उडिरहेको विमान अपहरण गरेर अमेरिकातिर लैजान खोज्ने एक युवा पक्राउ

मेक्सिको उडिरहेको विमान अपहरण गरेर अमेरिकातिर लैजान खोज्ने एक युवा पक्राउ
  • २४ मंसिर २०८१, सोमबार १६:५८

काठमाडौं– मेक्सिकोमा उडिरहेको विमान अपहरण गर्न खोज्ने एक ३१ वर्षीय व्यक्ति पक्राउ परेका छन् र। आन्तरिक उडानको सो विमानलाई ती व्यक्तिले आइतबार बिहान अपहरण गर्ने कोसिस गरेका थिए ।

mulpatra

सो विमान वोलारिस एयरलाइन्सको भएको बताइएको छ । ती व्यक्तिले सो विमानलाई अमेरिकातर्फ लैजान खोजेका थिए। अधिकारीहरूले उनको नाम मारियो एन भनेका छन् ।

सो विमान मेक्सिकोको लियोनबाट तिउआनातर्फ गइरहेको थियो । अचानक ती यात्रुले विमान परिचारिकालाई आक्रमण गरेर ककपिटमा प्रवेश गर्न खोजेका थिए । विमानलाई तत्कालै ग्वादालयारातर्फ लगिएको थियो। अवतरण लगत्तै सुरक्षाकर्मीले उनलाई पक्रेका छन् ।

mulpatra mulpatra mulpatra

उनले यसरी विमान अपहरणको कोसिस गर्नुको कारण खुलेको छैन । यद्यपि, ती व्यक्तिका कुनै नातेदार अपहरणमा परेको र विमानमा चढ्नुअघि उनलाई तिउआनातर्फ गए ज्यानमार्ने धम्की आएको अधिकारीहरूले बताएका छन् ।

ती व्यक्ति पत्नी र दुई सन्तानसहित विमानमा सवार थिए । उनी पक्राउ परेपछि विमानलाई सुरक्षित गन्तव्यतर्फ लगिएको थियो। एजेन्सी