प्रधानमन्त्रीकै इगोमा प्रसाईविरुद्ध प्रमाणबिना संगठित र आपराधिक लाभको मुद्दा चलाउँदै प्रहरी
काठमाडौं– नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईमाथि सरकारले प्रमाणबिना जबरजस्ती संगठितसँगै आपराधिक लाभको मुद्दा चलाउने भएको छ । उनीमाथि प्रधानमन्त्री केपी ओलीको निर्देशनअनुुसार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संगठितसँगै आपराधिक लाभको मुद्दा चलाउन फाइल अगाडी बढाएको हो ।

तर प्रहरीले अहिले प्रसाईमाथि संगठितसँगै आपराधिक लाभको मुद्दा चलाउने प्रमाण भेटेको छैन । सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन)को कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई लाजिम्पाटस्थित आफ्नो कार्यालयमा लगेको हो । उनलाई अब सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइने छ ।
सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनसँग प्रसाईको कनेक्सन भएको प्रहरीले दाबी गरेपनि अहिलेसम्म प्रमाण नभेटिएको सीआइवीकै अनुसन्धान प्रहरीहरु बताउँछन् ।
![]() |
![]() |
![]() |
|---|
उनका अनुसार संगठितसँगै आपराधिक लाभको मुद्दा चलाउने आधार छैन । अहिले उहाँलाई जबरजस्ती फसाउन खोजीको हो । प्रसाईलाई फुयालले राम्रो चिन्दैन । भने प्रसाईसँग प्रत्यक्ष भेटघाट भएको केही प्रमाण छैन ।
प्रसाईलाई अहिले जसरी भएपनि, जेजस्तो मुद्दामा भएपनि ओलीले हिरासतमै राख्न चाहान्छन् । प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए । प्रसाईले कम्बोडियामा ओलीको ३२ करोड लगानी भएको दाबी गरेका थिए ।
साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई सीआईबी लगिएको हो ।
Image Source: © https://mulpatra.com
फुयाँल यसअघि पनि मुद्दा चलेको व्यक्ति हुन् । सुनसरी प्रहरीले उनीविरुद्ध चेक बाउन्सको मुद्दा चलाएको थियो । उक्त केसमा उनी १ लाख ४० हजार धरौटीमा छुटेका थिए । भने उनलाई कसैले प्रसाईविरुद्ध खडा गरेको पात्र भएको पनि आरोप छ ।
फुयाँलले पनि प्रसाईसँग कुराकानी र कारोवार नभएको बयान सोमबार सरकारी वकिल कार्यालयमा दिएका थिए । प्रसाई र फुयाँलबीच कुनै कारोबार भएको प्रमाण प्रहरीले भेटेको छैन ।



