Close

Recent Posts

प्रसाईलाई सामान्य मुद्दामा फसाएर उनको महाअभियान सिध्याउने खेल रच्दैछन् ओली

प्रसाईलाई सामान्य मुद्दामा फसाएर उनको महाअभियान सिध्याउने खेल रच्दैछन् ओली
  • २८ मंसिर २०८१, शुक्रबार १४:३६

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को हिरासतमा छन् ।

mulpatra

गत मंसिर ४ गते पक्रिएको प्रसाईलाई हिजो मात्र साइवर प्रहरीले धरौटीमा छाडेको थियो । त्यसपछि सीआइवी प्रहरीले संगठित र आपराधिक लाभ लिने कसुरमा पक्रिएको छ । प्रसाईलाई आज पाँच दिनको म्याद थपिएको छ ।

प्रसाईले कसैसँग संगठित र आपराधिक लाभ लिने कसुर गरेको प्रमाण प्रहरीसँग छैन । तर प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सीआईवी प्रहरीले प्रसाईमाथि जबरजस्ती झुटो मुद्दा लगाएर पक्रिएको हो । सीआईवीकै प्रहरीहरुले प्रसाईलाई यस्तो सामान्य मुद्दामा हिरासतमा राख्नु नहुने तर्क गर्दै आएका छन् । तर ओली जति हुन्छ त्यति समय प्रसाईलाई हिरासतमा राख्न निर्देशन दिएको सीआईवीका प्रहरीहरु नै बताउँछन् ।

mulpatra mulpatra mulpatra

प्रधानमन्त्री ओलीले सामान्य मुद्दामा प्रसाईलाई फसाएर अथवा हिरासतमै राखेर उनले दुई बषदेखी चलाएको महाअभियान सिध्याउन योजना रचेको प्रष्ट देखिन्छ । ओलीले यस विषयमा नेपाली कांग्रेसका शीर्ष नेताहरुसँग पनि सल्लाह गरेको पाइयो ।

कांग्रेसका एक नेताका अनुसार प्रसाईको महाअभियानमा जनताको आकर्षण र सहभागिता बढ्दै गएको छ । उनले उठाएको धेरै विषय अहिलेको राजनीतिक घटनासँग मिलेपछि जनताले प्रसाईलाई पत्याउन थाले । उनको महाअभियान रोक्नुपर्छ भनेर ओलीले कांग्रेसका नेतासँग सल्लाह मागेका छन् । लोकतन्त्रमा त्यस्तो गर्नु हुन भन्ने कांग्रेसका नेताहरुको तर्क रहेको ती नेता बताउँछन् ।

अरुतिर भन्दा पनि आफनै गहृजिल्ला झापामा ओलीले यसपटक अपमानित भएर फकिनु परेको छ । उनलाई जनताले विरोध मात्र होइन । बाटो नै अवरोध गरे । त्यसपछि ओलीले आफनै गहृजिल्लामा चुनौती देखे । त्यसपछि प्रसाईको महाअभियान सिध्याउने चलखेलमा ओली लागेको देखिन्छ ।

Image Source: © https://mulpatra.com

ओलीले यति मात्र होइन । २०८४ को निर्वाचनमा प्रसाईले उठाएको कम्बोडिया काण्डमाथि जनताले प्रश्न उठाउने प्रष्ट बुझेका छन् । त्यही भएर पनि प्रसाईको महाअभियान ओझेलमा पर्न उनी लागि परेको देखिन्छ ।

महाअभियानलाई प्रसाईले बैंक, वित्तीय संस्था र सहकारी पीडितका समस्या समाधान गर्ने माध्यम बनाएका थिए । भने उनले आगामी दिनमा नयाँ योजना र कार्यक्रकमा सात अगाडी बढाउने योजना बनाइरहेका थिए । प्रसाईले महाअभियानलाई समयसापेक्ष विकास र यसका मोडलको बारेमा विषयगत विज्ञसँग परामर्शमा पनि थिए ।

प्रसाईले गत मंसिर ७ गते कार्यक्रम गर्ने घोषण असोज महिनामै गरेका थिए । तर एमाले मंसिर ७ मा प्रसाईमा कार्यक्रम जुध्यायो । आफनो सभाभन्दा प्रसाईको कार्यक्रममा धेरै जनता भेला हुने बुझेपछि एमालेका अध्यक्ष ओलीले शक्तिको आडमा प्रसाईलाई सामान्य मुद्दामा पक्रिन लगाए ।

एमाले आयोजना गरेको मंसिर ७ को चुनावी सभामा एक लाख नेता कार्यकर्ता उत्तार्ने दाबी गरेपनि पाँच हजार सभामा आएन । यसको असर उपनिर्वाचनमा प्रष्ट देखियो ।
प्रसाईले कृषि आधुनिकीकरण, गरिबी नियन्त्रण, पूर्वाधार विकास, रोजगारी सिर्जना, जलविद्युत विकास, कृषि उत्पादनपछि किसानको सुरक्षाका विषयमा पनि आवाज उठाउँदै आएका छन् । यसको सबैभन्दा ठुलो असर एमालेलाई परेको बुझियो ।