बैंकर्स संघमा माछापुच्छ्रे बैंकका कार्यकारी सन्तोष कोइरालाको उम्मेदवारी

बैंकर्स संघमा माछापुच्छ्रे बैंकका कार्यकारी सन्तोष कोइरालाको उम्मेदवारी
  • ३० मंसिर २०८१, आईतवार ०९:४५

काठमाडौं । बाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको नेतृत्व चयनको लागि करिब १२ वर्षपछि प्रतिस्पर्धा हुने भएको छ। आगामी पुष ३ गते हुने बार्षिक साधारण सभाले संघको अध्यक्ष, उपाध्यक्ष र तीन सदस्यहरुको चयन गर्नेछ ।
यस निर्वाचनमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच प्रतिस्पर्धा हुने देखिएको छ।
यस भन्दा अघि उपाध्यक्षहरुबाटै अध्यक्ष चयन हुने परम्परा कायम गरेको थियो । त्यहि भएर १२ बर्ष देखि निर्वाचन भएको थिएन सहमतिमा अध्यक्ष चयन हुने गरेका थिए । तर यसपाली माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले उम्मेदवारी दर्ता गराएपछि प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनजीले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
१३ बर्ष अघि संघमा तत्कालिन अध्यक्ष सशीन जोशी दोहोरिन चाहेपछि प्रतिस्पर्धाबाट अशोक राणा निर्वाचित भएका थिए । त्यसपछि संघले भद्र सहमति गर्दै दोश्रो कार्यकालका लागि प्रतिस्पर्धा नगर्ने र उपाध्यक्षहरुबाटै अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो भन्दै एकजना कार्यकारी भन्नुहुन्छ ‘अहिले त जम्मा २० वटा बाणिज्य बैंक छन त्यसको नेतृत्वका लागि पनि निर्वाचनमा जानु ठिक हुँदैन भनेर हो भद्र सहमति गरेको तर शेरचन जी अनुभवी भएपनि उहाँ सदस्य मात्र भएकाले उम्मेदवारी नदिनुभएको भए ठिक हुने थियो । उहाँ यसपटक उपाध्यक्ष बसेको भए राम्रो हुने थियो । अर्कोपटक स्वतः अध्यक्ष भइहाल्नु हुन्थ्यो ।’
प्रचलन विपरित अशोक शेरचनले अध्यक्षमा उम्मेद्वारी नदिएको भए कोइराला स्वतस् अध्यक्ष बन्ने थिए। त्यसयता सहमतिमै राजन सिंह भण्डारी, उपेन्द्र पौडेल, अनिल शाह, ज्ञानेन्द्र ढुंगाना, अनिल उपाध्याय र सुनिल केसी अध्यक्ष बनिसकेका छन्।
१२ बर्ष पछि किन निर्वाचनमा जानुपर्यो भन्ने प्रश्नमा पुर्व अध्यक्षहरुको एउटै स्वर छ ‘सानो संस्था भएकोले सहमतिमै अगाडी बढ्नु पर्छ । निर्वाचनले राम्रो सन्देश दिँदैन । २० जनामा पनि सहमति गर्न नसक्ने भनेर बैंक नेतृत्वमै पनि असमजदारी पैदा हुन सक्छ । हामी सहमतिमा लैजाने प्रयासमा छौं ।’

mulpatra