यू(१९ महिला एसिया कप स् नेपालले भारतसँग खेल्दै

काठमाडौं– एसीसी यू–१९ महिला एसिया कप क्रिकेटको सुपर फोरमा पुगिसकेको नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार विहान ११ः४५ बजेबाट सुरु हुनेछ । आजको खेलपछि समूहको विजेता र उपविजेता टोलीको टुंगो लाग्ने छ ।
हिजो भएको समूह ‘बी’को खेलमा नेपालले टेस्ट मान्यता प्राप्त पाकिस्तानलाई ६ विकेटले हराएर सुपर ४ मा स्थान बनाएको थियो ।
आइतबार भएको उद्घाटन खेलमा भारतले पाकिस्तानलाई ९ विकेटले हराएको थियो । पाकिस्तान लगातार दुई खेलमा पराजित भएसँगै नेपाल समूह चरणको एक खेल बाँकी छँदै सुपर ४ मा पुगेको हो ।