भारतीय क्रेटाको ‘ईभी’ भर्सन एक महिना बजारमा आउने, फूल चार्जमा ५ किलोमिटर दौडिने
काठमाडौं– भारतको सबैभन्दा लोकप्रिय एसयुभी हुण्डाई क्रेटा अब छिट्टै विद्युतीय स्वरुपमा बजारमा आउने भएको छ । अबको एक महिनापछि अर्थात् आगामी माघ ४ बाट दिल्लीमा आयोजना हुने ‘भारत मोबिलिटी एक्पो’मा यो गाडी राखिने आँकलन गरिएको छ ।

हुन्डाईले भारतको उत्पादन गृहबाट सबैभन्दा पहिलो विद्युतीय स्वरुपमा बनाउन लागेको एसयूभी हो– ‘क्रेटा’ । कम्पनीले आफ्नो सर्वाधिक सफल मोडल क्रेटालाई इलेक्ट्रीक भर्सनमा ल्याउने भएको हो ।
हुन्डाईले त्यही मितिबाट भारतमा बिक्री सुरु गर्ने क्रेटा ईभी माघ अन्तिमसम्म भने नेपाली बजारमा पनि उपलब्ध हुने ठानिएको छ । यसको धेरै जानकारी हुन्डाईले अहिलेसम्म बाहिर ल्याएको छैन । तर, जनवरी १७ अर्थात् माघ ४ गते सार्वजनिक गर्ने घोषणा भने गरेको छ ।
![]() |
![]() |
![]() |
|---|
डिजाइनको मामिलामा आईसीई (खनिज इन्धनमा आधारित) गाडीभन्दा क्रेटा इभी केही भिन्न देखिने छ । यसमा अगाडी र पछाडीको बम्पर नयाँ आउने र नयाँ ग्रील (बुट्टा), ईभीका लागि तयार पारिएको विशिष्ट एलोय ह्वील (टायर बाहेकको पांग्रा) जस्ता कयौँ परिवर्तन देख्न पाइने छ । त्यस्तै इन्टेरियर सुविधाहरु पनि थपिने बताइएको छ ।
यसअघि सार्वजनिक भएको रिपोर्ट अनुसार यो मिड–साइज एसयूभीमा ६० किलोवाट आवरको ब्याट्री प्याक रहने छ । यसलाई एक पल्ट फूल चार्ज गरेपछि ५०० किलोमिटर कुद्ने बताइएकमो । साथै, यसमा १०० किलोवाटको मोटर रहने छ ।
नयाँ क्रेटाको बाहिरि हिस्सामा ‘अल–एलईडी लाइटि’, रूफ रेल, एलईडी लाइट बार तथा पानारोमिक सन–रूफ रहने छ । यस गाडीमा १०.२५ इञ्चको डुअल स्क्रिन, इलेक्ट्रॉनिक पार्किङ्ग ब्रेक, ड्राइभ मोड, डुअल–जÞोन क्लाइमेट कंट्रोल, भेन्टिलेटेड फ्रन्ट सीट, रीजन सेटिङ्ग्सका साथै प्याडल शिफ्टर्स र ३६० डिग्री क्यामेरा समेत जडान गरिएको हुने छ ।
Image Source: © https://mulpatra.com
फेसलिफ्ट क्रेटा २०२४ मा आधारित रहेर बजारमा आउने इलेक्ट्रीक मोडलको अगाडि भने फरक डिजाइन रहने अनुमान गरिएको छ । नयाँ क्रेटा ईभीमा स्टेरिङ पनि फरक उपलब्ध हुनेछ ।
सुरक्षा प्रबन्धका हिसाबले पनि नयाँ क्रेटा ईभीमा ६ वटा एयर ब्याग, ईबीडीको साथ एबीएस प्रणाली, रिभर्स पार्किङ सेन्सर एवम् लेबल २ एडास शुट समेत उपलब्ध हुने छ ।



