सुदूरपश्चिम फाइनल फाइनल प्रवेश

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गर्ने पहिलो टोली सुदुरपश्चिम रोयल्स बनेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनल यात्रा तय गरेको हो ।
विनोद भण्डारीको अर्धशतक सहित सुदूरपश्चिम रोयल्सले पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सविरुद्ध सानदार जित निकाल्न सफल भएको हो ।
जनकपुरले दिएको १४० रनको लक्ष्य सुदूरपश्चिमले १८।३ ओभरमा २ विकेट गुमाएर १४१ रन बनाउँदै पूरा गर्यो । अब सुदूरपश्चिमले भोलि ९बिहीबार० हुने दोस्रो क्वालिफायरको विजेतासँग उपाधिका लागि भिड्नेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।
यसअघि आजै भएको इलिमिनेटरमा चितवन राइनोजविरुद्ध २१ रनको जित निकाल्दै कर्णालीले दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो । प्रतियोगिताको दोस्रो क्वालिफायर बिहीबार दिउँसो १२:१५ बजेदेखि सुरु हुनेछ ।
लिग चरणमा शीर्ष स्थान हासिल गरेको सुदूरपश्चिमले सात खेलबाट १२ अंक जोडेको थियो । समान खेलबाट १० अंक जोडेको जनकपुर दोस्रो स्थानमा रहँदै प्लेअफमा आइपुगेको हो ।