फाइनल प्रवेशका लागि आज जनकपुर बोल्ट्स र कर्णाली याक्स बिच प्रतिस्पर्धा हुँदै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल प्रवेशका लागि आज जनकपुर बोल्ट्स र कर्णाली याक्स बिच प्रतिस्पर्धा हुँदैछ ।
दुई टोलीबीचको दोस्रो क्वालिफायर खेल कीर्तिपुस्थित टियु क्रिकेट मैदानमा मध्यान्ह १२ बजे सुरु हुदैछ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।
कर्णालीले भने बुधवार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो ।
समूह चरणको खेलपछि शीर्ष चारमध्ये दोस्रो स्थानमा रहेको जनकपुर पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँग पराजित भएपछि दोस्रो क्वालिफायर खेल्नुपर्ने अवस्थामा पुगेको हो।
लिग चरणमा कर्णालीलाई सजिलै हराएको जनकपुरलाई कप्तान अनिल शाहको चोटका कारण दबाब पर्न सक्ने देखिएको छ । उनी खेल्ने नखेल्न जानकारी नदिएपछि कर्णाली जीतका लागि हौसिएको छ ।
आजको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ।