Close

Recent Posts

सर्वसम्मत चुनिए नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका सन्तोष कोइराला

सर्वसम्मत चुनिए नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका सन्तोष कोइराला
  • ४ पुष २०८१, बिहीबार ११:३७

काठमाडौं । नेपाल बैंकर्स संघको बुधबार सम्पन्न साधारण सभाले माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सन्तोष कोइराला लाई निर्विरोध निर्वाचित गरेको छ । संघको वार्षिक साधारणसभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्षमा चयन गरेको हो ।
कोइरालासँगै ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मी उपाध्यक्ष, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सदस्यमा चयन भएका छन् ।
अन्य दुई सदस्यमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे र कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्वाचित भएका छन् ।
संघको नयाँ कार्यसमितिमा अध्यक्ष कोइराला, उपाध्यक्ष रेग्मी, निवर्तमान अध्यक्ष सुनिल केसी, सदस्यका रुपमा प्रभु बैंकका अशोक शेरचन, नेपाल एसबीआई बैंकका दीपककुमार डे, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, एभरेष्ट बैंकका सुदेश खालिङ, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल, कुमारी बैंकका रामचन्द्र खनाल, नेपाल बैंकका तिलकराज पाण्डे छन् ।
त्यसैगरि सल्लाहकारको भूमिकामा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगाना र हिमालयन बैंकका सिईओ अशोक राणा रहेका छन् ।
अर्थतन्त्रमा संकुचन आइरहेको र बैंकिङ क्षेत्रलाई समेत दबाब परिरहेको अवस्थामा बैंकहरुको ब्याज आम्दानी घट्नु र खराब कर्जा अनुपात बढीरहनुले नेपालका बैंकहरुलाई मुनाफा बाढ्न दबाब परिरहेको छ । यस्तो अवस्थामा समग्र बैंकिङ क्षेत्रको संस्थाकै नेतृत्व सम्हाल्न चुनौति रहे पनि विगतको लामो अनुभव र खारिएको नेतृत्व क्षमताले माछापुच्छ्रे बैंकलाई अघि बढाए झै समग्र क्षेत्रलाई अगाडी बढाउने कुरामा कोइराला प्रति सबैं आशावादी छन् ।

mulpatra