Close

Recent Posts

तीन बैंक मर्जरमा जान तयारी, बैंकको संख्या २०

तीन बैंक मर्जरमा जान तयारी, बैंकको संख्या २०
  • ७ पुष २०८१, आईतवार १०:३०

काठमाडौं– वाणिज्य बैंकहरुको संख्या झन् पछि झन् घट्दै गएको छ । कुनै समय २७ वटा वाणिज्य बैंक रहेकोमा अहिले मर्जरपछि घटर २० वटामा आइपुगेको छ । हालैमात्र साधारणसभा सम्पन्न गरेका केही बैंकले मर्जरको तयारी गरेको पाइएको छ ।

mulpatra

मर्जरका लागि तयारी अवस्थामा रहनेमा नबिल बैंक, प्राइम बैंक र सिटिजन्स बैंक छन्। यी बैंकले साधारणसभामार्फत मर्जरका लागि बाटो खुला गरेका छन्। नबिल, प्राइम र सिटिजन्स बैंकको साधारणसभा सकिएको छ। तीनवटै बैंकले मर्जरमा जाने नीति पारित गरिसकेका छन्।

नबिलले साधारणसभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक–आपसमा गाभ्न, गाभिन वा प्राप्ति (एक्विजिसन) गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ।

mulpatra mulpatra mulpatra

गाभ्ने र गाभिने वा प्राप्ति गर्नेसम्बन्धी सम्झौता गर्न, वैदेशिक साझेदारीमा जानेसम्बन्धी निर्णय गर्न तथा सोसम्बन्धी आवश्यक सम्पूर्ण कार्य अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने निर्णय नबिलको साधारणसभाबाट पारित गरेको छ।

यस्तै प्राइमले बोलाएको साधारणसभाले मर्जको प्रस्ताव पारित गरेको छ। प्राइम बैंक तथा अन्य कुनै बैंक तथा वित्तीय संस्था एक आपसमा मर्ज हुने (गाभ्ने र गाभिने), प्राप्ति (एक्विजिसन) गर्ने सन्दर्भमा आवश्यक सम्पूर्ण प्रक्रिया अवलम्बन गरी यसका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियार प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ।

त्यस्तै सिटिजन्स बैंकको साधारणसभाले पनि मर्जरको नीति पारित गरिसकेको छ। सिटिजन्स र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक–आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न राष्ट्रिय वा अन्तर्राष्ट्रिय मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्ति गर्न तथा मर्जर प्रक्रियाको प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न तथा मर्जर प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

Image Source: © https://mulpatra.com

राष्ट्र बैंकले विगतमा लिएको मर्जर नीतिले २८ बाट वाणिज्य बैंक २० वटामा झरिसकेका छन्। अब यी बैंकको मर्जरले मूर्त रुप पाएमा यो संख्या अझै घट्ने देखिन्छ। पछिल्लो समय बढ्दै गएको निष्क्रिय कर्जाको अनुपात पनि मर्जरमा गएका कतिपय बैंकहरुसँग अहिलेसम्म मिल्न सकेको छैन। तर, पनि केन्द्रीय बैंकको प्राथमिकतामा मर्जर पर्दै गएको देखिन्छ।