Close

Recent Posts

विश्वविशेषको टेनिसमा विषेश खेल, बाजी मारे २२ औं जयकर च्याम्पियन

विश्वविशेषको टेनिसमा विषेश खेल, बाजी मारे २२ औं जयकर च्याम्पियन
  • ७ पुष २०८१, आईतवार १०:५१

काठमाडौं–विश्वविशेष डल्लाकोटीको ११ वर्षको भए । उनी १२ र १४ बर्ष मूनिको टेनिस खेल्छन् । उनी सानै उमेरमा टेनिस खेलमा फड्को मार्न सफल भएका छन् । पछिल्लो केही प्रतियोगितामा उनले खेलमार्फत राम्रो नतिजा र प्रदर्शन गर्दै आएका छन् ।

mulpatra

विश्वविशेषको टेनिस कोर्टमा विषेश खेल खेल्न सफल सानै खेलाडी हुन् । उनको पछिल्लो खेलमा त्यस्तै उत्कृष्ट खेल हेर्न पाइन्छ । हाल सम्पन्न भएको २२ औं जयकर मेमोरियल राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा यू–१२ को उपाधि विश्वविशेष डल्लाकोटी र आयुषा जिसी जितेका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शुक्रबार भएको ब्वाइज सिंगल्सतर्फ विश्वविशेषले आरित मल्ललाई ६–१, ६–० ले पराजित गरेका थिए । यू–९ ब्वाइज सिंगल्समा सहंश बस्न्यातले कल्याण चालिसेलाई ४–५, ५–३, ७–५ ले हराएर उपाधि जितेका छन् ।

गर्ल्स सिंगल्स फाइनलमा आयुषाले अनुश्री धोजुलाई ६–१, ६–४ ले हराएर उपाधि जितिन् । यू–१४ गर्ल्स सिंगल्सको सेमिफाइनलमा सिभाली गुरुङले अनुश्री धोजुलाई ६–१, ६–० ले हराएर फाइनलमा स्थान बनाएकी छन् । फाइनलमा उनले अन्नाबेला मल्लविरुद्ध खेल्नेछिन् । अन्नाबेलाले भने आयुषा जिसीलाई ६–०, ६–० ले सहजै हराइन् ।