करोडमाथिका डिपल ई०७ कार पनि नेपाल भित्रिँदै
काठमाडौं– चांगान अटोमोबाइल्सको निर्यातमुखि उत्पादन ई०७ कार अब नेपालमा पनि उपलब्ध हुने भएको छ । चिनियाँ ब्राण्ड डिपलले एल, एस र जी सिरिजका ५ मोडलहरु चिनियाँ बजार र निर्यात दुबै प्रयोजनाका लागि उत्पादन गरेको छ । तर ई र पी सिरिजमा मोडलहरु भने निर्यातका निम्तिमात्रै उत्पादन भएको बताइएको छ ।

५ मिटरभन्दा धेरै लम्बाई र झण्डै २ मिटर चौडाई भएको यो गाडी छिट्टै नै नेपाली बजारमा उपलब्ध हुने नेपालका लागि डिपलको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धि अटोकर्पले जनाएको छ । कम्पनीले डिपल ई०७ छिट्टै नेपाली बजार सार्वजनिक गर्ने तयारी गरेको हो।
कम्पनीले आइतबारमात्रै भन्सार प्रयोजनका लागि यो गाडीमो अधिकतम खुद्रा बिक्री मूल्य १ करोड ४ लाख रुपैयाँ तोकेको छ। कम्पनीले नेपाल ल्याउने तयारी गरेको ई०७ मा ८९.९ किलोवाट आवर क्षमताको ब्याट्री र १९० किलोवाट क्षमताको मोटर दिइएको छ।
![]() |
![]() |
![]() |
|---|
यसले एक पटकको फुल चार्जमा ६४० किलोमिटरको रेन्ज दिने कम्पनीले जनाएको छ। ई०७ को ग्राउन्ड क्लियरेन्स १८३ एमएम छ।
एमएडब्लु वृद्धिले अहिले नेपाली बजारमा एस ०७ सेभेन यसयूभी र एल ०७ सेभेन सेडान कार बिक्री गर्दै आएको छ। पछिल्लो समय नेपाली बजारमा डीपलको गाडी लोकप्रिय बन्दै गएको छ । यही मौकामा नयाँ गाडी ल्याउन लागिएको हो ।



