Close

Recent Posts

५४ महिनामा दर्जनभन्दा बढी पेट्रोलियम भण्डारण र पाइपलाइन निर्माण हुँदै

५४ महिनामा दर्जनभन्दा बढी पेट्रोलियम भण्डारण र पाइपलाइन निर्माण हुँदै
  • ८ पुष २०८१, सोमबार ११:२१

काठमाडौं– नेपाल र भारतका अधिकारीहरु बीच अबको साढे ४ वर्षभित्र एक लाख १० हजार ८०० किलोलिटर पेट्रोलियम भण्डारण र ११२ किलोमिटर पाइपलाइन निर्माणको काम अघि बढाउने समझदारी बनेको छ । डेढ वर्षअघि भएको सम्झौतालाई अब कार्यान्वयनमा लगेर भौतिक पूर्वाधार निर्माण अघि बढाउने भएको हो ।

mulpatra

अमलेखगञ्ज–लोथर र सिलिगुडी–चारआली पाइपलाईनको काम सम्पन्न गर्न सहमत भएका छन् । गत मंगलबार दुई देशका अधिकारीहरु सम्मिलित ‘वर्किङ कमिटी’ बैठकले यस्तो निर्णय गरेको हो ।

डेढ वर्षअघि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको औपचारिक भारत भ्रमणका बेला दुई देशका अधिकारीहरूले मोतिहारी–अमलेखगञ्ज अन्तरदेशीय पेट्रोलियम पाइपलाइनलाई विस्तार गरेर चितवनको लोथरसम्म ल्याउने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए। अमलेखगन्जबाट लोथरसम्म ६२ किलोमिटर पेट्रोलियम पाइपलाइन भारतको अनुदानमा निर्माण हुने छ ।

mulpatra mulpatra mulpatra

त्यसै क्रममा भारतको सिलीगुडीदेखि झापाको चारआलीसम्म अर्को अन्तरदेशीय पाइपलाइन बनाउने समझदारी पनि भएको थियो । करीब ५० किलोमिटर लामो यस पेट्रोलियम पाइपलाइनका साथै चारआलीमा १८,९०० किलोलिटर क्षमताको ‘स्मार्ट ग्रीनफील्ड टर्मिनल’ पनि भारतको अनुदानमा निर्माण हुने सम्झौता भएको थियो ।

यसका साथै लोथरमा ९१,९०० किलोलिटरको ‘स्मार्ट ग्रीनफील्ड टर्मिनल· भारतको प्राविधिक सहयोगमा नेपाल आयल निगमको लगानीमा निर्माण हुने सम्झौतामा उल्लेख छ । यी ती परियोजनाको काम अब भने अघि बढ्ने स्थितिमा पुगेको नेपाली अधिकारीहरुले बताएका छन् ।

उक्त समझदारी अनुसार नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनबीच गत असोजमा ‘बीटूबी फ्रेमवर्क एग्रीमन्ट’ भएपछि ती परियोजना अघि बढाउने विषयमा थप प्रगति भएको हो ।

Image Source: © https://mulpatra.com

उक्त सम्झौतालाई अघि बढाउन गठित ‘वर्किङ कमिटी’को बैठकले अब पूर्वाधार निर्माणलाई कार्यान्वयनको चरणमा लैजाने निर्णय गरेको हो । आगामी ५४ महिनाभित्रै तीन वटै आयोजनाहरुको निर्माण सक्ने लक्ष्यका साथ काम अघि बढाउन लागिएको नेपाल आयल निगमका अधिकारीले बताएका छन् ।

यसका लागि वातावपरणीय प्रभाव मूल्यांकनको काम अघि बढेको छ भने जग्गा प्राप्तीको काम पनि करीब करीब सम्पन्न भइसकेको छ । अब भौतिक निर्माणको कामले गति लिने स्थिति आएको छ ।