Close

Recent Posts

बुबा र भाइको हत्याका आरोपी मिलनले गरे आत्मसमर्पण

बुबा र भाइको हत्याका आरोपी मिलनले गरे आत्मसमर्पण
  • ९ पुष २०८१, मंगलवार १२:४०

काठमाडौं–बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेको आरोप लागेका मिलन आचार्यले प्रहरीमा आत्मसमर्पण गरेका छन् ।

mulpatra

भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान मृत भेटिएका ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीणको हत्या मिलनले गरेको आशंकासहित प्रहरीले उनलाई खोजी गरिरहेको थियो ।

मिलन कुलप्रसादका जेठा छोरा हुन्। २५ वर्षीय मिलन मंगलबार बिहान आफै महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर घटना विवरण सुनाउँदै आत्मसमर्पण गरेको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी परिसर भक्तपुर प्रमुख एसपी माधव बुढाथोकीले भने, ‘उहाँ (मिलन) हाम्रो सम्पर्कमा आउनुभएको छ । जिल्ला प्रहरी परिसरमा ल्याउँदै छौँ ।’

mulpatra mulpatra mulpatra

भक्तपुरको बालकोटमा मृत भेटिएका बाबुछोराको हत्या शनिबार राति नै भएको खुलेको र त्यसमा मिलन संलग्न रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।