Close

Recent Posts

पूर्वराष्ट्रपति भण्डारीले पोखराबाट दिइन एमालेको सक्रिय राजनीतिकमा फर्किने संकेत

पूर्वराष्ट्रपति भण्डारीले पोखराबाट दिइन एमालेको सक्रिय राजनीतिकमा फर्किने संकेत
  • ११ पुष २०८१, बिहीबार १२:५०

पोखरा– पुस पहिलो साता हुने ‘फेवा डाइलग’ र स्याङ्जाको एक कार्यक्रममा सहभागी हुन आएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एक साता पोखरामा बिताइन् । पुस २ गते पोखरा आएकी उनी ८ गते मात्र काठमाडौं फर्किइन् ।

mulpatra

नेता तथा कार्यकर्ताले भण्डारीलाई ‘तपाईँ नै हाम्रो नेता’ भनिरहेका थिए । उनीहरूले भण्डारीलाई पार्टी नेतृत्वमा फर्किन आग्रह गरेका थिए । उक्त कार्यक्रममा भण्डारीले महिलाको क्षमता अभिवृद्धिका लागि प्रेरणा प्रदान गरेको अनेम गण्डकीकी कोषाध्यक्ष अन्जु क्षेत्रीले जानकारी दिइन् ।

जवाफमा पूर्वराष्ट्रपति भण्डारीले पार्टीले जहाँ पठाए त्यही जाने बताएकी थिइन् । संघीय सरकारका सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङ, एमाले गण्डकीका संसदीय दलका नेता खगराज अधिकारी, एमाले गण्डकी अध्यक्ष नवराज शर्मा, कास्की जिल्लाका नेता तथा एमाले मन्त्री बनेका नेता, सांसद लगायत एक दर्जन भन्दा बढी नेतासँग वानटुवान तथा समूहमा भेटघाट गरिन् ।

mulpatra mulpatra mulpatra

पार्टी अध्यक्षले पहिलो महिला प्रधानमन्त्री भनेको तपाईँलाई नै हो, पार्टी नेतृत्वमा फर्किनुस् । यस विषयमा उनले चाँडै निर्णय लिने समेत बताइन् । उनलाई एमालेका केन्द्रीय नेतादेखि कार्यकर्ताले पार्टीको सक्रिय राजनीतिकमा फर्किन आग्रह गरेका छन् ।