Close

Recent Posts

प्रधानमन्त्रीको प्रश्न: मान्छे खुवाएर बाघ पाल्ने

प्रधानमन्त्रीको प्रश्न: मान्छे खुवाएर बाघ पाल्ने
  • ११ पुष २०८१, बिहीबार १८:०६

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् ।
बिहीबार काठमाडौंमा वन तथा वातावरण मन्त्रालयले कोप–२९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । ‘अहिले साढे ३ सय भन्दा बढी बाघ छन् । जंगलमा मात्रै होइन, गाउँमा पनि बाघ छ कि भनेर हिँड्नुपर्छ,’ उनले भने, ‘हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ ।’

mulpatra

अरूले ३० प्रतिशत जंगल राख्ने गरे पनि नेपालले भोकै बसेर भए पनि ४७ प्रतिशत जंगल राख्ने अवस्था सधैं नरहने उनले बताए । ओलीले नेपालको वनको क्षमताअनुसार १५० भन्दा बढी बाघ पाल्न नसकिने भएपनि अहिले नेपालमा ३ सय भन्दा बढी बाघ रहेको स्पष्ट पारे । अब अरुले भनेअनुसार बाघको संख्या अब बढाउन नसकिनेमा उनले जोड दिए ।

नेपालले मित्र राष्ट्रहरूलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए । ‘हामी पनि ३० प्रतिशत राख्छौं । बाँकी धान, गहुँ फलाउँछौं, मज्जाले खाएर बस्छौं,’ उनले भने, ‘हामीलाई ३० प्रतिशत जंगलले श्वास फेर्न पुग्छ ।’

mulpatra mulpatra mulpatra

सन् २००९ मा डेनमार्कको कोपनहेगनमा भएको बाघ सम्मेलनमा नेपालले १० वर्षमा डब्बल बनाउने प्रतिबद्धता जनाएको उनले स्मरण गरे । सन् २००९ मा नेपालमा ११० वटा बाघ रहेकोमा १० वर्षमा डब्बल गर्ने प्रतिबद्धता अनुरूप नेपालले सन् २०१८ मै अढाइ सयभन्दा बढी बाघ बढेको उनले बताए ।

प्रधानमन्त्री ओलीले छिमेकीलाई बाघ दिन तयार रहेको बताए । ‘उपहार दिऔँ, हाम्रा मित्रहरूलाई । कोही बाज, कोही मयुर पालेका हुन्छन्, त्यस्ता जाबो चरा के पाल्नु, बाघ पाल्ने नि ढ्याप्प । विभिन्न देशलाई उपहार दिऔं बाघ, खोर समेतै दिनुपर्छ भनेपनि दिऔं । तर जति भन्यो त्यति बाघ बढाउने भन्ने हुँदैन ।’

उनले प्रश्न गरे, ‘कति लिमिट हो हाम्रो, हाम्रो वनको क्षमता त्यही अनुसार जानुपर्छ । मान्छे ख्वाएर बाघ पाल्न सकिँदैन । त्यो गल्ती गर्नु हुँदैन ।’ मान्छे ख्वाएर बाघ पाल्ने ? अलिअलि खान्छ नि बाघ भएपछि भन्ने त्यस्तो हुँदैन । आफूलाई खायो भने के हुन्छ ? त्यो हेर्नुप¥यो नि ।’

Image Source: © https://mulpatra.com