Close

Recent Posts

‘डल्लेले इन्ट्री मार्यो’ चलचित्रको भद्रकालिमा स्कृप्टको पुजा

‘डल्लेले इन्ट्री मार्यो’ चलचित्रको भद्रकालिमा स्कृप्टको पुजा
  • १३ पुष २०८१, शनिबार १२:५०

उषा फिल्मसको व्यानरबाट निर्माण हुन लागेको नेपाली कथानक चलचित्र डल्लेले ENTRY मार्यो को आज भद्रकालीमा स्कृप्टको पुजा गरिएको छ ।

mulpatra

पाँच बर्ष लगाएर तयार गरिएको चलचित्रको स्क्रीप्ट को आज विधिवत रुपमा पूजा गरिएको हो। चलचित्रको पटकथा र संवाद लाई अन्तिम रुप लक्ष्मण सुवेदीले दिएका छन् । कलाकार को को हुने भन्ने विषय छलफलका क्रममा रहेको हुनाले केहि दिनमा फाइनल हुने निर्माण पक्षले जानकारी दिएको छ।

चलचित्र छायांकन चितवनको सौराह, दोलखा, चरिकोट तथा अन्य ठाउँहरुमा गरिने भएको छ। यसको संगीत बाबुल गिरी र रिमेश कुमार थापाले गरेका हुन् भने नृत्य विवेक थापाले गर्ने भएका छन्।

mulpatra mulpatra mulpatra

चलचित्रका निर्माता आशिक बस्नेत, आर्दश बस्नेत र निर्मला बस्नेत रहेका छन् । वरिष्ठ निर्देशन राजु गिरीले चलचित्रको निर्देशन गर्ने भएका छन् । निर्देशक गिरी निर्देशित दुई फिल्म ‘नम्बरी सुन’ र ‘ईश्वर’ प्रदर्शनको तयारीमा छन् । फिल्म रिलीज तिहारमा गरिने भएको छ।