त्रिविले मनायो दीक्षान्त समारोह

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह भव्यरुमा मनाइएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजित समारोहमा आज १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित भएका छन्। विद्यार्थी र विद्यार्थीका अभिभावकका कारण रंगशाला भरिभराउ भएको थियो ।
समारोहमा विसं २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७३ हजार नौ सय ९५ जना ‘ग्रेस लिस्ट’ भएका विद्यार्थी दीक्षित हुने भएका हुन् । समारोहमा विभिन्न १७ वटा पदकसमेत प्रदान गरिएको छ । यसपालि गतबर्ष भन्दा दुई हजार बढी विद्यार्थी दीक्षित भएका छन् ।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडीं) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित भएका छन् ।