सरकारका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ

सरकारका शाखा अधिकृत ३ लाख घुससहित पक्राउ
  • १४ पुष २०८१, आईतवार २०:२६

काठमाडौं । राष्ट्रिय किताबखाना ताहाचलमा कार्यरत कर्मचारी पक्राउ परेका छन् । कार्यलयका शाखा अधिकृत धनेश्वर प्रसाईँ घुससहित पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारी दिएको छ ।

mulpatra


अख्तियारको टोलीले उनलाई आइतबार तीन लाख घुस लिएर राखेको अवस्थामा पक्राउ गरेको हो ।


पेन्सन पट्टा तत्काल बनाइदिने भनेर एक सेवाग्राहीसँग घुस मागेका थिए । घुस मागेको सूचना पाएको अख्तियारको टोली तत्काल खटिई घुस लिएर राखेको अवस्थामा कार्यकक्षबाट पक्राउ परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।


अख्तियारले पक्राउ परेका प्रसाईलाई अनुसन्धान गर्ने प्रक्रिया अघि बढाएको छ ।