Close

Recent Posts

अखिल क्रान्तिकारीमा ३२ बर्षे नियमः दोश्रो पुस्तामा उत्साह

अखिल क्रान्तिकारीमा ३२ बर्षे नियमः दोश्रो पुस्तामा उत्साह
  • १५ पुष २०८१, सोमबार १०:२५

माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले संगठनको नेतृत्वमा नयाँ ऊर्जा भर्न ३२ वर्ष उमेरमुनिका विद्यार्थी मात्र अध्यक्ष बन्न सक्ने नियम लागू गरेको छ।

mulpatra


लामो समयदेखि नेतृत्वमा रहेर अध्यक्षको दावीका लागि पद बढुवा र घटुवामा बस्दै आएका नेताहरू बिदा हुने भएका छन् । यो निर्णयले विद्यार्थी राजनीतिमा नयाँ पीढीको सहभागिता सुनिश्चित गर्ने प्रयास भएको बताइएको छ।


उमेरहद लागू हुने भएपछि अध्यक्षको दावी गर्दै आएका दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटा, जीपी मैनालीलगायतको ठूलो पङ्क्ति माओवादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिने भएको छ ।
अखिल क्रान्तिकारीको हालै सम्पन्न केन्द्रीय बैठकमा यो नियम पारित गरिएको हो। संगठनका नेताहरूले युवा पुस्तालाई अगाडि ल्याउन र विद्यार्थी संगठनलाई समयसापेक्ष बनाउँदै लैजान यो नियम आवश्यक रहेको क्रान्तिकारीका नेता तथा अधिवक्ताका रुपमा काम गर्दै आएका विराज थापाले बताएका छन्।

mulpatra mulpatra mulpatra


अध्यक्षका प्रवल दावेदारका रुपमा रहेका थापाका अनुसार, विद्यार्थी राजनीति मूलतः युवाहरूको अभ्यास र नेतृत्व विकासको ठाउँ हो। उमेर हद लागू गर्नुको उद्देश्य संगठनलाई युवामैत्री बनाउँदै राजनीतिक जागरणको नेतृत्व युवा पुस्ताले लिनुपर्छ भन्ने हो।


उमेरहद लागू हुने भएपछि अध्यक्षको दावी गर्दै आएका दीपेश पुन, मदन भुल, इन्द्र भुसाल, पवन कार्की, केशव रावल, नरेश रेग्मी, क्षितिज सापकोटा, जीपी मैनालीलगायतको ठूलो पङ्क्ति माओवादीको विद्यार्थी राजनीतिबाट एकसाथ बाहिरिने भएको छ ।


अखिल क्रान्तिकारीका २ हजार ३९८ मतदातामध्ये करिब १ हजार ७८९ मत खसेको थियो । तीमध्ये १ हजार ७७९ मत सदर भएको थियो । ३२ वर्षे उमेर हद लगाउने पक्षमा ९०० र नलगाउने पक्षमा ८७९ मत आएको थियो।

Image Source: © https://mulpatra.com


अखिल क्रान्तिकारीले लागू गरेको उमेर सीमा विद्यार्थी राजनीति सुदृढ गर्ने प्रयासका रूपमा देखिएको छ। यसले युवाहरूलाई थप प्रेरित गर्ने सम्भावना छ। तर, यसको प्रभाव दीर्घकालीन रूपमा हेर्नुपर्ने । विद्यार्थी राजनीति समयसापेक्ष र जनउत्तरदायी बनाउने अभियानमा यो निर्णय एउटा महत्वपूर्ण कोसेढुंगा हुने क्रान्तिकारीका पुर्व अध्यक्ष रन्जित तामाङले बताएका छन् ।

अखिल क्रान्तिकारीको अवको अध्यक्षको दाबेदारका रुपमा विराज थापा, रोशन थापा मगर, प्रतीक कार्की, उपदेश यादव, विष्णु ढुङ्गेल, हेमन्त राई रहेका छन् ।