प्रसाईको तस्करीविरुद्ध लडाँई ठिक छ, सहकार्य गर्न समस्या हुँदैन: रावल
काठमाडौं–नेकपा (एमाले)बाट निष्कासित भएका नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्नैप्रश्न गरेका छन् । बुधबार कार्की व्यंक्वेटमा पत्रकार सम्मेलन गरी उनले ओलीमाथि आरोपको वर्षा लगाए । पत्रकार सम्मेलनमा पत्रकारले नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग सहकार्य गर्नेसक्ने जवाफ दिएका थिए ।

प्रसाईले देश र जनताको समस्या केन्द्रीत भएर बोलेका छन् । त्यहीँ भएर उहाँसँग सहकार्य गर्न सकिने र बाटो समेत रहेको रावलले पत्रकार सम्मेलनमा जवाफ दिएका थिए ।
रावलले मातृभूमि जागरण अभियान चलाउने भएका छन् । उनले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका छन् । जसमा प्रसाईको पनि साथ र सहकार्य आवश्यक रहेको उनले बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|
देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ । स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्ने रावलको दाबी छ ।
यस्तै महाअभियान प्रसाईपनि चलाइरहेका छन् । प्रसाईले भ्रष्टाचार र तस्करीको विरुद्ध दुई वर्षयता महाअभियान चलाउँदै आएका छन् । प्रसाई मंसिर ३ गते प्रधानमन्त्री केपी ओलीको कम्वोडियामा ३२ अर्ब लगानी भएको दाबीसहित प्रमाण पेस गरेका थिए । यसको अनुसन्धान नगरी प्रसाईलाई प्रधानमन्त्रीको दबाबमा प्रहरी पक्रिएको थियो । हाल उनी अनुसन्धानको दायरामा छन् ।
रावलले ३१ बुँदे दस्तावेजमा ७४ बुँदामा प्रश्न ओलीलाई प्रश्न सोधेका छन् । एमालेबाट निकालिएपछि रावलले अब मातृभूमि जागरण अभियान चलाउने घोषणा पनि गरेका छन् । उनले एमालेमा ५ दशक लामो संगठित सदस्यता खोसेपछि नयाँ बाटो खोज्न बाध्य भएको पनि बताएका छन्
Image Source: © https://mulpatra.com



