कर्णाली डेभलपमेन्ट बैंकले दैनिक ५० जनालाई २५ हजारका दरले फिर्ता दिने
काठमाडौं– समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकले प्राथमिकताका आधारमा निक्षेप फिर्ता गर्न थालेको छ । समस्याग्रस्त घोषणा भएपछि केन्द्रिय बैंकको नियन्त्रणमा रहेको बैंकले अधिकतम २५ हजार रुपैयाँका दरले निक्षेप फिर्ता गर्न लागेको हो ।

पहिलो प्राथमिकतामा बिरामी, वृद्ध र बालबालिकालाई राखिएको नेपाल राष्ट्र बैंकको व्यवसस्थापन समूहका संयोजक टिकाराम खतिवडाले जानकारी दिए । उनका अनुसार प्राथमिकतामा परेका समूहलाई प्रतिशाखा दैनिक ५० जनालाई अधिकतम २५ हजार रुपैयाँका दरले भक्तानी दिन थालिएको हो ।
आवश्यक कागजातहरु पेस गरेको आधारमा बुधावर (पुस १७ गते) देखि नै निक्षेप फिर्ता गर्न थालिएको हो । बुधवार मात्रै विभिन्न १६ वटा शाखा मार्फत निक्षेप गरेको बैंकले आज भने १९ वटा शाखा मार्फत हुने जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|



