असन्तुष्टी मत्थर पार्न सहयोग माग्न पुगे ओली, पुर्वराष्ट्रपति भण्डारी निवास

असन्तुष्टी मत्थर पार्न सहयोग माग्न पुगे ओली, पुर्वराष्ट्रपति भण्डारी निवास
  • १८ पुष २०८१, बिहीबार २१:२८

काठमाडौं । पुर्वराष्ट्रपति तथा नेकपा (एमाले) की नेतृ विद्यादेवी भण्डारीसँग भेटवार्ताका लागि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भण्डारी निवास बूढानीलकण्ठ पुगेका छन् ।


प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बूढानीलकण्ठ पुगेको उनको सचिवालयले जनाएको छ ।


पछिल्लो समय राजनीतिमा सक्रियता बढाउँदै आएकी पूर्वराष्ट्रपति भण्डारीसँग एमाले अध्यक्ष समेत रहेका ओलीले समसामयिक राजनीतिबारे छलफल गरेको बताइए पनि पार्टीका नेता भिम रावल, उषाकिरण तिम्सीना र विन्दा पाण्डेलाई कारवाही गरेपछि पार्टी भित्र उत्पन्न असन्तुष्टीलाई मत्थर पार्न सहयोग माग्न खोजेको बुझिएको छ ।

दशौ महाधिवेशनमा केपी शर्मा ओलीलाई सर्वसम्मत हुन रोकेर चुनौति खडा गरेका भिम रावललाई पार्टीमा कुनै पद नदिनुले सुदुरपश्चिमका जनताको भावनामा ठेस पुगेको केही नेताले बताउने गरेका थिए । पछिल्लो समयमा भिम रावलका विरुद्ध खडा गरिएका नेताहरु नै एमाले बनाउन भिम रावलको आवश्यकताको विषयमा बोल्न थालेका थिए ।


त्यति मात्र होइन केपी शर्मा ओलीको नेतृत्वप्रति असन्तुष्टि जनाइरहेका नेता तथा कार्यकर्ताहरुले पार्टीमा पुर्वराष्टपति विद्यादेवी भण्डारीको आवश्यकताको कुरा उठाउने गरे्का थिए । पार्टीमा असुन्तुष्ट रहेका नेता कार्यकर्ताको भेटघाट विद्यादेवी भण्डारीसँग बरोबर हुन थालेपछि केपी ओली पनि ससंकित हुन पुगेका थिए ।


विद्या भण्डारीको पुनरागमनले एमालेमा नयाँ समीकरण खडा गर्ने आकंलन गर्न थालिएको थियो। पार्टीभित्र असन्तुष्टि झेलिरहेका नेताहरू भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सेनामाथिको कारबाहीले पार्टीको आन्तरिक राजनीति थप जटिल बनाएको छनै। भण्डारीको आगमनले अध्यक्ष केपी शर्मा ओलीको एकाधिकारलाई चुनौती दिन सक्ने आँकलन गरेर ओलीले कारवाहीको डण्डा चलाएको असन्तुष्ट नेता कार्यकर्ताको बुझाइ छ ।

विद्यादेवी भण्डारीसँग निरन्तर भेटघाटमा रहेका भिम रावलको विषयमा कुरा उठन थालेपछि र विद्यादेवी भण्डारीको आडमा पुन भिम रावल राजनीतिमा आउने आंकलन हुन थालेपछि ओलीले हतार हतार भिम रावललाई कारवाही गरेको आंकलन केही नेता तथा कार्यकर्ताको रहेको छ ।


तर ओलीले चाहे जस्तो परिस्थिति नभएर तीन नेतालाई कारवाही पछि आम कार्यकर्तामा झन नैराष्यता बढेको र सामाजिक सञ्जाल भर कारवाही परेको नेताहरुको पक्षमा कार्यकर्ता रहेको बुझेपछि ओली नेतृ भण्डारी कहाँ पुगेको अनुमान सहजै गरेका छन् आम कार्यकर्ताले ।