Close

Recent Posts

रात्रिकालीन उडान हुने विमानस्थल १० पुग्यो

रात्रिकालीन उडान हुने विमानस्थल १० पुग्यो
  • १९ पुष २०८१, शुक्रबार १५:४०

काठमाडौं– नेपालमा रात्रिकालीन उडान हुने विमानस्थल संख्या १० पुगेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पछिल्लो समय राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु भएको छ । योसँगै अब तीन अन्तर्राष्ट्रिय विमानस्थल र ७ आन्तरिक विमानस्थलमा रात्रिकालीन उडान सम्भव भएको हो ।

mulpatra

प्राधिकरणका अनुसार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, रुपन्देहीको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र कास्कीको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान हुने गरेको छ।

यसैगरी मोरङ विराटनगर, झापा चन्द्रगढी, धनुषा जनकपुर, बाँके नेपालगञ्ज, बारा सिमरा र सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान हुन्छ ।

mulpatra mulpatra mulpatra

अहिले नेपालमा तीन अन्तर्राष्ट्रिय, तीन हबसहित ३५ विमानस्थलमा उडान भइरहेको छ । देशभरिका २० विमानस्थल भने बन्द अवस्थामा छन् । नेपालमा एक हेलिपोर्ट (नलिनचोक) छ । एक अन्तर्राष्ट्रिय विमानस्थल (निजगढ) निर्माण (प्रस्तावित) छ ।

४२ विमानस्थल धावनमार्ग कालोपत्र

देशभरि तीन अन्तर्राष्ट्रिय र ५२ आन्तरिक विमानस्थल छन् । त्यसमध्ये ४२ विमानस्थल धावनमार्ग कालोपत्र भइसकेको प्राधिकरणले जनाएको छ । ५२ आन्तरिक विमानस्थलमध्ये ४१ साना हुन् ।

Image Source: © https://mulpatra.com