Close

Recent Posts

सुस्मितासँग जोडिएका थापा पनि मृत फेला परे

सुस्मितासँग जोडिएका थापा पनि मृत फेला परे
  • २० पुष २०८१, शनिबार १९:०१


काठमाडौं एक होटलमा युवती मृत फेला परेको घटनामा फरार युवक पनि ओखलढुंगामा मृत अवस्थामा भेटिएका छन्। आज ओखलढुंगाको सुनकोशी गाउँपालिका(३ सिस्नेरीस्थित जंगलमा काठमाडौंबाट भागेका देवकुमार थापा झुन्डिएको अवस्थामा फेला परेका हुन । थापा झुन्डिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी कृष्ण खड्काले पुष्टि गरेका छन् ।

mulpatra


जापान बस्दै आएका २४ बर्षिया थापा थापा केही समय अघि काठमाडौं आएका थिए। गत पुस १६ मा पिंगलास्थानस्थित बागमती होटलको कोठा नम्बर ३०८ मा सुस्मिता खड्का मृत भेटिएपछि संगै रहेका थापा फरार भएका थिए। होटलको कोठा थापाकै नाममा बुक भएको थियो।


सुस्मिताको मृत्युबारे प्रहरी अनुसन्धान चलिरहेको थियो उनको शरीरमा कुनै बाहिरी चोट नदेखिए पनि उनको मृत्युको कारण स्पष्ट भइसकेको छैन। घटनापछि सँगै बसेका थापालाई खोजी गरिरहेका प्रहरीले शनिबार उनलाई झुन्डिएको अवस्थामा फेला पारे।

mulpatra mulpatra mulpatra


थापा पनि मृत फेला परेपछि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सुस्मिताको मृत्यु हत्याको आशंकामा अनुसन्धान गरिरहेको छ भने थापाको मृत्यु आत्महत्या हो वा अरू कुनै कारणले भएको हो भन्नेबारे थप जानकारी आउन बाँकी छ।

Image Source: © https://mulpatra.com