जातीय क्षेत्रीय मोर्चा सक्रिय बनाउने प्रचण्डको प्रस्ताव

जातीय क्षेत्रीय मोर्चा सक्रिय बनाउने प्रचण्डको प्रस्ताव
  • २१ पुष २०८१, आईतवार १७:१६

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव अगाडि सारेका छन् ।

mulpatra

माओवादी केन्द्रको आइतबारबाट काठमाडौंमा सुरु केन्द्रीय समितिको विस्तारित बैठकको उद्घाटनसत्रलाई सम्बोधन गर्दैै प्रचण्डले युद्धकालीन समयमा जस्तै जातीय क्षेत्रीय मोर्चाहरूलाई सक्रिय पार्ने प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

‘पहिचानका मुद्दा ओझेलमा पर्न गएकोमा आत्मालोचनासहित उत्पीडित वर्गमा जानुपर्छ,’ सम्बोधनको क्रममा उनले भनेका छन्, ‘जातीय क्षेत्रीय मोर्चालाई सक्रिय बनाएर लैजानुपर्छ ।’
माओवादीले युद्धकालीन समयमा राष्ट्रिय मुक्तिको एजेन्डालाई अगाडि सार्दै उत्पीडित जाति र क्षेत्रीय मुक्तिका लागि भन्दै विभिन्न जातीय र क्षेत्रीय मोर्चाहरूको अभ्यास गरेको थियो । त्यही मोर्चाहरूको आधारमा राज्य पुनर्संरचनामा १४ प्रदेशको अवधारणा माओवादीले अगाडि सारेको थियो ।

mulpatra mulpatra mulpatra

नेताहरूका अनुसार अध्यक्ष प्रचण्डले मधेशमा देखिएको गुटगत समस्या हल गर्दै मिसन २०८४ को अभियानलाई अगाडि बढाउनेदेखि सडक र सदनको संघर्षलाई मुख्य विषय बनाउने विषय पनि सम्बोधनको क्रममा उल्लेख गरेका छन् ।

‘हाम्रो पार्टीको संघ र प्रदेश सांसदहरूको भूमिका प्रभावकारी छैन, राम्रा काम गरिरहेकाहरूको उच्च मूल्याङ्कन गरिनेछ,’ प्रचण्डको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी नेताले बताए ।