हिउँले सजिएको रामेछापको शैलुङ

हिउँले सजिएको रामेछापको शैलुङ
  • २४ पुष २०८१, बुधबार १२:३१

काठमाडौं– रामेछापको शैलुङमा हिमपात भएको छ । शैलुङलगायत जिल्लाका उच्च पहाडी क्षेत्रमा मंगलबारदेखि यस वर्षको दिउँदको पहिलो हिमपात भएको हो ।

हिउँ परेपछि कृषि उत्पादन राम्रो हुने भन्दै यहाँका मानिसहरू खुसी भएका छन् । शैलुङमा हिउँ परेपछि पर्यटकहरु आउने गर्छन ।