Close

Recent Posts

शोधानान्तर स्थिति रु.२.२५ खर्ब बचतमा, ५३.४४% ले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

शोधानान्तर स्थिति रु.२.२५ खर्ब बचतमा, ५३.४४% ले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी
  • २८ पुष २०८१, आईतवार १०:०६

काठमाण्डौ । शोधानान्तर स्थिति सवा २ खर्ब रुपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्याङ्कअनुसार शोधानान्तर स्थिति २ खर्ब २५ अर्ब ३४ करोड रुपैयाँ बचतमा रहेको हो ।  

mulpatra

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २ खर्ब १६ अर्ब ५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ६७ करोडले बचतमा रहेको छ ।  

त्यस्तै नेपाल राष्ट्र बैंकका अनुसार समिक्षा अवधिसमा चालु खाता १ खर्ब ४० अर्ब ७१ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ४१ अर्ब ३ करोड रुपैयाँले बचतमा रहेको थियो ।

mulpatra mulpatra mulpatra

समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षकोसोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब ८७ करोड रुपैयाँ रहेको थियो ।  

यसैगरी, समीक्षा अवधिमा ६ अर्ब ३ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक (ईक्विटि मात्र) लगानी आप्रवाह ३ अर्ब ९३ करोड रुपैयाँ रहेको थियो । गत आवको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी  ५३.४४ प्रतिशत बढीले भित्रिएको छ ।

Image Source: © https://mulpatra.com