रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश

रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश
  • २८ पुष २०८१, आईतवार १६:१९

काठमाडौं– स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने कि जिम्मा जमानीका छाड्नेबारे विवाद भएको छ ।

mulpatra

बयान सकिएपछि पनि थुनछेक बहस सुरू नभएपछि न्यायाधीश र लामिछानेपक्षका कानून व्यवसायीबीच विवाद भएको थियो । लामिछानेको तर्फबाट बहस गर्न पुगेका रास्वपाको अनुशासन आयोगका पूर्वउपप्रमुख तथा अधिवक्ता यज्ञमणि न्यौपानेका अनुसार रविलाई अदालतले प्रहरीको जिम्मा लगाएको छ ।

अदालतले आज भ्याइएन भन्दै प्रहरीको जिम्मा लगाएको र आफूहरु अदालतबाट फर्किएको अधिवक्ता न्यौपानेले बताए । ‘हामीले थुनामा नपठाउनुस्, कि परिवार कि कानून व्यवसायीको जिम्मामा पठाउनुस् भनेका छौं’ न्यौपानेले भने, ‘उहाँहरूले मान्नुभएन ।’

mulpatra mulpatra mulpatra

जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले प्रहरीलाई पत्र लेख्ने काम भइरहेको बताए । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो । सकिएलगत्तै थुनछेक बहस गराउने लामिछानेपक्षका कानून व्यवसायीको मागमा न्यायाधीश अधिकारी मौन रहे ।

आज थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाउन लागिएको अदालत स्रोतले बतायो ।