मकर संक्रान्तिमा पशुपतिनाथमा भक्तजनको घुइँचो
काठमाडौं– आज मकर संक्रान्ति । विभिन्न घाटहरू, नदी र पवित्र स्थलमा स्नान गर्ने तिर्थालुको बिहानैदेखि भिड छ ।

सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर ९माघे० सङ्क्रान्ति भनिन्छ । नवलपरासीको देवघाट, सुनसरिको चतरा, काली गण्डकी किनार, पर्वतको सेतीवेनी, काठमाडौं शंखमूलको बागमती किनारमा स्नान गर्ने श्रद्धालुहरूको घुइँचो छ ।
त्यस्तै मन्दिरहरूमा पनि श्रद्धालुको जमघट बढेको छ ।
