सरकारले साना दलको आवाज कमजोर बनाउन थ्रेसहोल्ड बढाउने लागेको विपक्षी दलको साझा निष्कर्ष
काठमाडौं– प्रतिपक्षी दलहरूले सरकारले साना दलको आवाज कमजोर पार्न थ्रेसहोल्ड बढाउन खोजेको निष्कर्ष निकालेका छ ।

कमिटीमा माओवादीका उपमहासचिव पुन र नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता डा. बेदुराम भुसाल रहेका छन्। आज साँझसम्ममा कार्यदलले काम टुंग्याएर भोलि नै सार्वजनिक गर्ने तयारी विपक्षी दलहरूको छ । सबै विपक्षी दलहरूलाई समेटेर साझा धारणा सार्वजनिक गर्नको लागि अनौपचारिक ड्राफ्ट कमिटी पनि बनाएको छ।
आज बसेको विपक्षी ६ दलको बैठकले सरकारले दुई दलीय व्यवस्थातिर देशलाई लैजान खोजेको निष्कर्ष निकालेको माओवादीका उपमहासचिव वर्षमान पुनले बताए। ‘दलसम्बन्धी विधेयकमा थ्रेसहोल्ड बढाउने तयारी भइरहेको छ। त्यसमा साना दलहरूको आवाजलाई कमजोर पार्ने, जनताको सहभागीलाई कमजोर पार्ने, लोकतन्त्रको सुन्दरता भनेको समावेशिता हो त्यसलाई कमजोर बनाउने कथित दुई दलीय व्यवस्थातिर लैजाने प्रयास भइरहेको छ। लोकतन्त्रको लागि त्यो बेठिक छ रहेको साझा धारणा बनेको छ।’उनले भने
![]() |
![]() |
![]() |
|---|
बैठकले सरकारले ससद् छलेर स्वच्छाचारी ढंगले अध्यादेशले शासन गर्न खोजेको भन्दै विशेष अधिवेशन बोलाउने चेतावनी पनि दिए। पुनले भने, ‘दुई ठूला पार्टी मिल्यौँ भनेर गणितीय हिसाबले हामी सजिलो स्थितिमा छौँ भनेर जनताको भावना विपरीतका कामहरू हुँदै गएका छौँ। हामी त्यसकोविरुद्ध छौँ।’



