Close

Recent Posts

गुणस्तरीय ल्याब परिक्षण चिकित्सा र संक्रमण फोहोर व्यवस्थापनसम्बन्धि १ दिने तालिम

गुणस्तरीय ल्याब परिक्षण चिकित्सा र  संक्रमण फोहोर व्यवस्थापनसम्बन्धि  १ दिने तालिम
  • २ माघ २०८१, बुधबार १७:१०

काठमाडौं – नेपाल मेडिकल व्यवसायी संघले एक दिने अभिमुखिकरण तालिम सञ्चालन गरेकाे छ।

mulpatra

संघले पहिलो पटक सामाखुशी, गङगबु, चक्रपथ एरियाबाट वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परिक्षण गर्ने स्वास्थ्य सस्थाहरुमा कार्यरत ल्याबका कर्मचारी र सस्थाका सञ्चालक १/१ जनालाई तालिम दिएकाे छ

५७ जना स्वास्थ्य व्यवसायिहरुलाई गुणस्तरीय ल्याब परिक्षण तथा चिकित्साजन्य/ संक्रमणजन्य फोहोर ब्यवस्थापन सम्बन्धी १ दिने अभिमुखिकरण तालिम दिएकाे संघका महासचिव कृष्णा बाजगाईले जानकारी दिए ।

mulpatra

प्रशिक्षकको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सुशील पन्डित सरले ल्याब परिक्षणमा क्वालिटी कन्ट्रोल कसरी गर्ने , प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलबाट शंकर शाही सरले रि-एजेन्ट/ किट्स्को प्रयोग तथा फाईदा, फोहोर ब्यवस्थापन सम्बन्धी एन एण्ड एन कम्पनिका प्रशिक्षक न्युटन झा/ चन्दा ठाकुर र ल्याब मेसिन उपकरणको क्यालिब्रेसन सम्बन्धी बयोमेडिकल ई. पन्कज कुमार झाले तालिम सञ्चालन गरेका थिए ।

गुणस्तरीय स्वास्थ्य सेवा प्रावाहको सुनिश्चितताको लागि संघ सदैब लागि रहने तथा यस क्षेत्रमा भएका ब्यतिथिको अन्त्यकाे पहल गर्ने महासचिव बाजगाईले जानकारी दिए।

Image Source: © https://mulpatra.com

आगामी दिन यस्तो तालिम उपत्यकासहित सबै प्रदेश सञ्चालन हुने उनकाे भनाइ छ।

तालिमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला निर्देशन नारायण बहादुर कार्कीको प्रमुख अतिथ्यमा संघका अध्यक्ष तारानाथ अर्यालले अध्यक्षता गरेका थिए ।

यस्तै सघका उपाध्यक्ष दिवाकर गौतम, महासचिव कृष्ण प्रसाद बजगाई, सचीव पन्कज कुमार झा लगायत कार्यकारी सदस्यहरुको उपस्तिथि भएको थियो ।

प्रशिक्षकको रुपमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सुशील पन्डितले ल्याब परिक्षणमा क्वालिटी कन्ट्रोल कसरी गर्ने , प्रदेश जनस्वास्थ्य प्रयोगशाला धुलिखेलबाट शंकर शाहीले रि-एजेन्ट/ किट्स्को प्रयोग तथा फाईदा, फोहोर ब्यवस्थापन सम्बन्धी एन एण्ड एन कम्पनिका प्रशिक्षक न्युटन झा/ चन्दा ठाकुर र ल्याब मेसिन उपकरणको क्यालिब्रेसन सम्बन्धी बयोमेडिकल ई. पन्कज कुमार झाले यस विषयमा प्रकाश पारेका थिए ।