ओलीसँग काम गर्न समस्या भएको कांग्रेस महामन्त्रीहरुको बिफ्रिङ
काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरुले काम गर्न प्रत्यक्ष असहयोग नभए पनि समस्या देखिएको बताएका छन् ।

नेपाली कांग्रेसका शीर्ष नेता र मन्त्रीहरु बीच विहीबार भएको छलफलमा मन्त्रीहरुले ब्रिफिङ गर्ने क्रममा काम गर्ने क्रममा आइपरेका समस्या र अप्ठ्याराबारे जानकारी गराएका हुन् ।
सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा संसदीय कार्यसमितिमा छलफलका लागि १० मन्त्री र २ राज्यमन्त्रीलाई डाकिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीसँग काम गर्दा प्रत्यक्ष अप्ठ्यारो नभएपनि कहीँ न कहीँ समस्या रहेको मन्त्रीहरुले बताएका छन् ।
![]() |
![]() |
![]() |
|---|



