Close

Recent Posts

प्रसाई नेतृत्व महाअभियानको भोली झापा विर्तामोडमा सभा, ३० हजार सहभागि हुँदै

प्रसाई नेतृत्व महाअभियानको भोली झापा विर्तामोडमा सभा, ३० हजार सहभागि हुँदै
  • ४ माघ २०८१, शुक्रबार १०:२१

काठमाडौं– राष्ट्र राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ महाअभियानले शनिवार झापाको विर्तामोडमा सभा गदै छ । महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सभालाई संम्बोधन गर्दैछन् ।

mulpatra

झापाको विर्तामोडमा हुने सभामा ३० हजारभन्दा बढी समर्थक र सर्वसाधारण भेला हुने प्रसाईको सचिवालयले जनाएको छ ।

प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी ओलीको साढे ३२ अर्ब लगानी रहेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको कागजात सार्वजनिक गरेका थिए । यस विषयमा ओलीले आधिकारिक धारण सार्वजनिक गरेका छैन ।

mulpatra mulpatra mulpatra

यही मुद्धामा प्रहरी हिरासत मुक्त भएका प्रसाईले पहिलो पटक सभालाई संम्बोधन गर्ने भएका छन् । उनको यस संम्बोधनलाई महत्व र नयाँ राजनीतिक एजेण्डाका रुपमा पनि हेरिएको छ ।

प्रसाईले आगामी दिनमा कस्तो राजनीतिक एजेण्ड लिएर अघि बढ्छन् भन्ने पनि चासोको विषय बनेको छ ।प्रसाईको झापामा हुने कार्यक्रमलाई ओली भने चुनौतीका रुपमा हेरेका छन् ।