Close

Recent Posts

रावलको पार्टीको नाम मातृभूमि जागरण अभियान

रावलको पार्टीको नाम मातृभूमि जागरण अभियान
  • ४ माघ २०८१, शुक्रबार १४:००

काठमाडौं– नेकपा (एमाले) बाट साधारण सदस्य समेत नहरने गरी निष्कासित भएका नेता डा. भीम रावलले नयाँ पार्टीको नाम प्रस्ताव गरेका छन् ।

mulpatra

एमालेले निष्कासन गरेपछि नयाँ पार्टीको गठन प्रकियामा लागेका नेता रावलले आज सामाजिक सञ्जालमार्फत पार्टीको नाम ‘मातृभूमि जागरण अभियान, नेपाल’ प्रस्ताव गरेको जानकारी दिएका छन् ।

सामाजिक सञ्जालमा जारी गरिएको संक्षिप्त जानकारी पत्रमा मातृभूमि जागरण अभियान किन भन्ने बारे र संगठन निर्माणको प्रक्रिया संरचनाबारे उल्लेख गरिएको छ ।

mulpatra mulpatra mulpatra

नेपालको सार्वभौमसत्ता, स्वाधिनता, अखण्डता, स्वाभिमान र हित तथा नेपाली जनताको हक, हित, विकास र समृद्धिको पक्षमा व्यापक जनमत सिर्जना गर्न, राष्ट्रिय हितलाई सर्वाेपरि राखेर नेपालको स्वतन्त्र परराष्ट्र नीतिको महत्व जनसमुदायमा बोध गराउन, नेपालको समग्र राष्ट्रिय सुरक्षालाई बलियो बनाउन जनताको साथ र समर्थन सिर्जना गर्न लगायतका कारण मातृभूमि जागरण अभियान गठन गरिने जानकारी दिएका छन् ।

त्यस्तै नेता रावलले सार्वजनिक गरेको अवधारणापत्र अनुसार अभियानको संगठन निर्माणको प्रक्रिया र स्वरुप अन्तगर्त मातृभूमि जागरण अभियान, नेपाल सञ्चालन गर्ने शिलशिलामा वडा, पालिका, जिल्ला, प्रदेश देखि केन्द्रसम्म संगठन निर्माण हुनेछ । जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने जानकारी दिइएको छ ।